Logo

हवाई सुरक्षा सम्बन्धी महानिर्देशकहरुको ५६ औं सम्मेलन सुरु, प्रम ओलीले गरे उद्घाटन

हवाई सुरक्षा सम्बन्धी महानिर्देशकहरुको ५६ औं सम्मेलन सुरु, प्रम ओलीले गरे उद्घाटन



काठमाडौं । एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको ५६ औं सम्मेलन सुरु भएको छ । सोल्टी होटलमा ५ दिनसम्म चल्ने सम्मेलनमा एशिया प्रसान्त क्षेत्रका ४६ देशको सहभागिता रहेको छ ।

सो सम्मेलनमा ४६ देशका करिब ३५० जना सहभागि हुने उक्त कार्यक्रम भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यूलगायतको सहभागिताले सो सम्मेलनको आफ्नै महत्व रहको प्राधिकरणले जानकारी दिएको छ ।

उड्डयन क्षेत्रमा विभिन्न किसिमका टिप्पणी भइरहेको सन्दर्भमा नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न सम्मेलन उपयोगी हुने प्राधिकरणले जनाएको छ । ५ दिनसम्म चल्ने उक्त सम्मेलनमा बिभिन्न कार्यपत्र पेस हुने छन । नेपालले मात्रै तीनवटा कार्यपत्र पेस गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्यालले जानकारी दिएका छन ।

एसिया प्रशान्त क्षेत्रको हवाई सुरक्षा नीतिका लागि सुझाव संकलन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । यो सम्मेलनबाट प्राप्त सुझाव आगामी अक्टोबरमा हुने आईकाओको वार्षिक सम्मेलनमा प्रस्तुत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL