Logo

यातायात ब्यवसायीको रोक्का बैंक खाता फुकुवा, बैंक ब्यालेन्स पनि कम्पनीमा रुपान्तरण

यातायात ब्यवसायीको रोक्का बैंक खाता फुकुवा, बैंक ब्यालेन्स पनि कम्पनीमा रुपान्तरण



काठमाडौं । सरकारले यातायात व्यवसायीको बैंकमा रोक्का गरिएको सम्पत्ती कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । आईतबार मन्त्रिपरिषदका निर्णयहरु सुनाउँदै संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले व्यवसायीको सम्पत्ती कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरीएको बताएका हुन ।
समितिमा आवद्ध यातायात व्यबसायीहरु कम्पनीमा रुपान्तरण भईसकेपछि सरकारले उनीहरुको रोक्का गरिएको बैंक खाता पनि कम्पनीको नाममा रुपान्तरण गर्ने भएको हो ।

laxmi

सरकारले नै यसअघि अकुत सम्पत्ती कमाएको भन्दै यातायात व्यबसायीहरुको बैंक खाता रोक्का गरेको थियो । समिति ऐन २०१३ का अनुसार समितिमा आवद्ध व्यबसायीको भौतिक तथा आर्थिक सबै सम्पत्ती समिति खारेज या विघटन भएमा सरकार मातहत हुने उल्लेख छ ।

तर सो नियमावली मिच्दै सरकारले नै समितिमा रहेका व्यबसायीको चल तथा अचल सम्पत्ती कम्पनीमा रुपान्तरण भैसक्दा पनि व्यवसायीहरुकै नाममा रुपान्तरण गरेको हो । यातायात ब्यवस्था विभागले २०७४ साल चैतमा सार्वजनिक यातायातमा निहित सिण्डिकेटको अन्त्य गर्ने भन्दै सम्पुर्ण यातायात समितिलाई कम्पनीमा रुपान्तरण हुन निर्देशन दिएको थियो ।

समिति ऐनमा कुनैपनि समिति वा संस्थान कम्पनीमा रुपान्तरण हुँदा या विघटन हुँदा उक्त समितिको जायजेथा तथा चल अचल सम्पत्ती सरकारको नाममा नामसारी हुनुपर्ने नियम छ । व्यबसायीकै लविङका कारण सरकारले रोक्का गरिएको बैंक ब्यालेन्स व्यवसायीको नाममा फिर्ता गरेको हो । यातायात व्यवसायीहरु कम्पनीमा रुपान्तरण हुनुपूर्व विभिन्न ३ सय समितिमा आवद्ध थिए । त्यसमध्ये ६० ओटा कम्पनीको बैंक खाता रोक्का गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL