Logo

रंगशाला निर्माणमा महानगरका कर्मचारी र जनप्रतिनिधिको सहयोग, फाउण्डेसनलाई साढे ५१ लाखको चेक हस्तान्तरण

रंगशाला निर्माणमा महानगरका कर्मचारी र जनप्रतिनिधिको सहयोग, फाउण्डेसनलाई साढे ५१ लाखको चेक हस्तान्तरण



काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले ५१ लाख ५० हजाररुपैयाँ सहयोग गरेका छन ।

धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको उक्त रंगशालाको लागि सहयोग स्वरुप ५१ लाख ५० हजार रुपैयाँको चेक महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई आईतबार हस्तान्तरण गरेको छ ।

महानगरपालिकाका २९ वटै वडाका कर्मचरी र जनप्रतिनिधिबाट सो रकम संकलन गरिएको थियो । उनले रंगशाला निर्माणका लागि जिल्लावासी जुरमुराएका छन भन्दै यो रंगशाला राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रिय र अन्तरराष्ट्रियरुपमा पनि माहोल सिर्जना गर्नुपर्नेमा जोड दिएकी छिन ।

उक्त रंगशाला निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा ५ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिसकेको छ भने प्रदेश नं ३ बाट ५ करोड रुपैयाँ विनियोजन भएकाले अहिले डीपिआर निर्माणको काम तीव्ररुपमा अघि बढिरहेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिएका छन ।

गत माघ १६ गते उक्त फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि सम्झौता भएको थियो/रासस

प्रतिक्रिया दिनुहोस्
MBL