Logo

बाढी पहिरोमा परि साढे ३६ हजार घरधुरी प्रभावित, ९० जनाको गयो ज्यान

बाढी पहिरोमा परि साढे ३६ हजार घरधुरी प्रभावित, ९० जनाको गयो ज्यान



काठमाडौं । असार २६ गते देखी परेको अविरल बर्षाका कारण हाल सम्म ३६ हजार ७ सय २८ घरधुरी प्रभावित भएका छन । पानीसँगै आएको बाढी पहिरोका कारण हाल सम्ममा १३ हजार १ सय १ घरधुरी अस्थाईरुपमा विस्तापित भएका छन भने ९ हजार ९ सय ८४ घरधुरी पूर्ण रुपमा क्षती भएका छन ।

त्यस्तै १९ हजार ८ सय ७१ घरधुरी आंशिक रुपमा क्षति भएका छन भने ५ हजार ८ सय ७३ घर धुरी सामान्य प्रभावित भएका छन । सोही बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या भने ९० जना पुगेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

बर्षाका कारण आएको बाढी पहिरोमा परि २९ जना बेपत्ता भएका छन भने ४१ जना घाईते भएको मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ, साथै जिल्लाबाट थप विबरण आउने क्रम जारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार बाढी पहिरोबाट क्षति पुगेका वा अवरुद्ध सडकहरु खुलाउने प्रयास समेत भईरहेको छ । सरकारले उदयपुर गाईघाट, कटारी, महोत्तरी, जनकपुर– जलेश्वर (भाप्सि खोला डाइभर्सन), मेची राजमार्ग, कान्ति लोकपथ (हेटौडा), बेनी– जोमसोमलगायतका सडक सञ्जाल खुलाउने प्रयास गरेको जनाएको छ ।

सरकारले उक्त क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल समेतबाट ४१ हजार २ सय ४ जनशक्ति परिचालन गरी ३ हजार ३ सय ३६ जनाको उद्धार गरेको छ । साथै मुख्य राजमार्गहरु खुलाईसकेका छन भने केही खुलाउने प्रयास भईरहेको जानकारी दिएका छन ।

उक्त क्षेत्रमा अवरुद्ध विद्युत र संचार सुचारु गर्न तीब्रता दिएको छ । नेपाल टेलिकमको सेवा वैकल्पिक तरिकाबाट पुर्याएको समेत मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL