Logo

३ बजेपछि आज र भोली विदेशी च्यानल हेर्न नपाईने

३ बजेपछि आज र भोली विदेशी च्यानल हेर्न नपाईने



काठमाडौं । आज दिउँसो ३ बजेपछि नेपालमा विदेशी टेलिभिजन च्यानलहरु बन्द हुने भएका छन । नेपाल केवल टेलिभिजन संघले सोमबार र मंगलबार लगातार २ दिन विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्ने जानकारी दिएको छ ।

laxmi

सरकारले विज्ञापन ऐन २०७६ मार्फत विदेशी विज्ञापनहरु बन्द गर्ने घोषणा गरेपछि नेपाल केवल टेलिभिजन संघले विदेशी च्यानलहरु नै बन्द गर्ने घोषणा गरेको हो । संघले केहिदिनअघि मात्रै विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्ने गरी सुचना जारी गरेको थियो । तर सरकारले कुनै टुङ्गो नदिएपछि आज ३ बजेबाट टेलिभिजन च्यानलहरु बन्द गरिने संघले जानकारी दिएको छ ।

नेपाल केवल टेलिभिजन संघका अध्यक्ष सुधिर पराजुलीले टेलिभिजनमा विदेशी च्यानल नचल्दा नेपाली दर्शकमा कस्तो असर पर्दछ भनी देखाउन आज दिउसो ३ बजेदेखि भोली दिउसो ३ बजेसम्म २४ घण्टा विदेशी च्यानल बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

सरकारले विज्ञापन ऐनमार्फत विज्ञापन रहित विदेशी च्यानल मात्रै चलाउन पाईने उल्लेख गरेको छ । तर त्यसले नेपालको आर्थिक अवस्थामा ठुलो क्षती हुने र विज्ञापन रहित च्यानलहरु भारत लगायतका देशहरुले चलाउन नमान्ने हुनाले यस्तै कदम चालिएको पराजुलीको भनाई छ ।

हाल नेपालमा विदेशी टिभी च्यानलहरुमध्ये ९५ प्रतिशत च्यानलहरु भारतीय रहेका छन । जसमा ५ प्रतिशत च्यानलहरु भने सिङ्गापुर लगायतका देशले ओगटेका छन । ईन्डियन ब्रोडकास्ट फोरुम (आईबीएफ) ले नेपालमा विज्ञापनरहित टेलिभिजन च्यानलहरु चलाउन आर्थिक रुपले नसकिने तथा भन्दै सुचना तथा संचार प्रविधि मन्त्रालयमा पत्र पठाएको भएपनि सरकारले कुरा नसुनेको जस्तो गरेको अध्यक्ष पराजुलीको आरोप छ ।

सरकारले विज्ञापनमार्फत पनि नेपालबाट करोडौं रुपैयाँ बाहिरिएको भन्दै क्लिनफिडको नियम ल्याउने गरी विज्ञापन ऐन संसदमा पेस गरेको छ । तर सरकारले लागु गर्न लागेको क्लिनफिडका बारेमा आफुहरुलाई जानकारी नै नदिईकन निर्णय गरेको उनको भनाई छ । भारतीय टेलिभिजन च्यानलहरुले विज्ञापन विना नेपालमा च्यानल चलाउन नसकिने भन्दै विभिन्न समयमा बताईरहेको भएपनि सरकारले उनीहरुको कुरा नसुनेको नेपाल केवल टेलिभिजन संघको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL