Logo

संचालनमा आयो न्युरोडको स्मार्टपार्किङ, एप्सबाटै पार्किङ सुविधा, मोटरसाईकल पार्क गरेको २५ रुपैयाँ

संचालनमा आयो न्युरोडको स्मार्टपार्किङ, एप्सबाटै पार्किङ सुविधा, मोटरसाईकल पार्क गरेको २५ रुपैयाँ



काठमाडौं । काठमाडौंको न्यूरोडमा आजदेखि स्मार्ट पार्किङ संचालनमा आएको छ । काठमाडौं महानगरपालिकाले अव्यवस्थित पार्किङ तथा सवारी जामको नियन्त्रण गर्नका लागि आजै (आईतबार) देखि स्मार्ट पार्किङ संचालनमा ल्याएको हो ।

कामपाले आईतबारदेखि काठमाडौंको न्युरोडका ५ स्थानमा उक्त स्मार्टपार्किङ सेवा संचालनमा ल्याएको हो । दरबारमार्ग तथा न्यु्रोड क्षेत्रमा अव्यवस्थित पार्किङका कारण ट्राफिक जामको समस्या आउने भन्दै उक्त सेवा संचालनमा ल्याएको कामपाले जानकारी दिएको छ । उक्त पार्किङमा आफ्नो सवारीसाधन पार्क गर्नका लागि ‘केएमसी पार्किङ’ एप्स डाउनलोड गरी सेवा लिन सकिने कामपाले जानकारी दिएको छ ।

आइतबार एक कार्यक्रमकाबीच कामपाका मेयर विद्याशुन्दर शाक्यले उक्त स्मार्ट पार्किङको उद्घाटन गरेका हुन । पहिलोपटक स्मार्ट पार्किङको अवधारणा ल्याईएकाले यसलाई परिस्कृत गर्दै विकास गर्ने मेयर शाक्यले जानकारी दिए ।

हाल न्युरोडको ५ स्थानमा संचालमा आएको स्मार्टपार्किङमा ८ सय ओटा मोटरसाईकल तथा ४० ओटा चारपाँग्रे सवारीसाधन पार्किङ गर्न सकिनेछ । केएमसी एप्समार्फत सेवाग्राहीले वा पार्किङ गर्न ईच्छुकले टोल फ्री नंवरमा फोन गरेर आफ्नो पार्किङ बुक गर्न सक्ने कामपाले जानकारी दिएको छ ।

तर आफुले बुक गरेको १५ मिनेटभित्रमा सवारीसाधन नआएमा उक्त पार्किङ स्वतः खारेज हुनेछ । कामपाले हाल दुईपांग्रे सवारीसाधन पार्क गरेको प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे पार्क गरेको प्रतिघण्टा ८० रुपैयाँ तोकिएको छ । कामपाले हाल विशालबजार अगाडी, धर्मपथ, पाको, आरबी कम्प्लेक्स लगायत ५ स्थानमा उक्त स्मार्टपार्किङ संचालनमा ल्याईएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL