Logo

गौतम बुद्ध विमानस्थल निर्माणका लागि ७० करोड निकासा, आजै देखी काम सुचारु

गौतम बुद्ध विमानस्थल निर्माणका लागि ७० करोड निकासा, आजै देखी काम सुचारु



काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम आजबाटै सुरु हुने भएको छ ।

सो विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार नर्थवेस्टले २२ दिन देखी सरकारले भुक्तानी नगरेको भन्दै आइतबारबाट आयोजना निर्माणको काम रोकेको थियो ।

तर अर्थ मन्त्रालयले ७० करोड रुपैयाँ निकासा गरेसँगै उक्त विमानस्थलको काम सुचारु हुने भएको राष्ट्रिय गौरवको आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिएको छ ।

उनका अनुसार अर्थले रकम निकासा गर्नु पर्नेनै होईन अर्थले मात्रै पत्र पठाए पुग्ने हो अव रकमनै निकासा गरे पछि काम सुरु हुन्छ नै काम नै रोक्ने त कसैको मनासाय होईन ।

यदी अर्थले रकम नदिएको भए नेपाल नागरिक उड्डयन प्राधिकरणको रकम दिएर भए पनि हामीले काम सुरु गर्नु पर्ने थियो तर अर्थले सो रकम स्रोतान्तर गरे राम्रो भो काम सुरु हुन्छ अधिकारीले भने ।

एसियाली विकास बैंक (एडीबी) ले विमानस्थलका लागि छुट्याएको रकम सकिएपछि अर्थमन्त्रालयले उक्त रकम स्रोतान्तर गरेको हो । उनले भने, ‘अर्थले निकासा गरेको उक्त रकम ढिला भए प्राधिकरणको रकम लगेर भए पनि हामी काम सुरु गर्न लगाउँछौं ।’

अर्थसँग ओफिट शीर्षकमा एडीबीको १ अर्ब ३ करोड रुपैयाँ रहेकामा ७० करोड रुपैयाँ गौतम बुद्ध विमानस्थलमा खर्च गर्ने गरी स्रोतान्तर गरेको हो । अर्थले सो रकम स्रोतान्तर गरेलगत्तै पर्यटन मन्त्रालयले सोमबार एडीबीमा पत्र पठाउने तयारी भईरहेको मन्त्रालयले जानकारी दिएको छ ।

तर, पर्यटन मन्त्रालयले भने आयोजनाका लागि यो वर्ष खर्च गरिने रकम १९औं बिलमै सकिएको र २०औं बिलको भुक्तानी गर्न रकम नभएका कारण रोकिएको बताए । विमानस्थलको यो वर्षको बजेट ५९ करोड ४१ लाख रुपैयाँ थियो ।

तर सो रकम पहिला नै सकिएका कारण थप रकम खर्च गर्नका लागि अर्थले स्वीकृत नगर्दा समस्या उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL