Logo

१३ प्रशितले बढ्यो धान रोपाई, हालसम्म ९० प्रतिशत क्षेत्रफलमा सम्पन्न

१३ प्रशितले बढ्यो धान रोपाई, हालसम्म ९० प्रतिशत क्षेत्रफलमा सम्पन्न



काठमाडौं । यो बर्ष कुल ९० प्रतिशत स्थानमा धान रोपाई सम्पन्न भएको छ । नेपालमा १५ लाख ५२ हजार हेक्टरमा बर्षे धान लगाउने गरेकोमा हालसम्ममा त्यसको ९० प्रतिशत स्थानमा सम्पन्न भइसकेको कृषि प्रसार निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार गत बर्षको सोही अबधिको तुलनमा यस बर्षको सोही अबधिमा धान रोपाई करिब १३ प्रतिशतले बढ्न पुगेको छ । गत बर्ष साउन १६ गतेसम्म ७७ प्रतिशत स्थानमा धान रोपाई भएकोमा यस बर्षको सोही अबधिमा ८९ दशमलब ७२ प्रतिशत स्थानमा धान रोपाई सम्पन्न भएको छ ।

चालु आवमा सबै भन्दा बढि धान रोपाई सुदुर पशिमाञ्चलमा भएको छ । सो क्षेत्रमा कुल धान रोपाई हुने क्षेत्रको ९८ दशमलव ५६ प्रतिशत भुभागमा धान रोपाई भइसकेको निर्देशनालयले जानकारी दिएको छ ।

यसैगरी सो अबधिसम्ममा सबैभन्दा कम धान रोपाई पूर्वाञ्चलमा भएको छ । पूर्वाअञ्चलमा ४ लाख ४५ हजार हेक्टर क्षेत्रफलमा बर्षे धान रोपाई हुने गरेकोमा त्यसको ८० दशमलब ५३ प्रतिशत क्षेत्रमा मात्र धान रोपाँई सम्पन्न भएको छ ।

कुल १५ लाख ५२ हजार ४ सय ६९ हेक्टरमा बर्षे धान रोपाई हुने गरेकोमा हालसम्म १३ लाख ९२ हजार ९ सय ५२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाँई सम्पन्न भएको निर्देशनालय जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL