Logo

पूर्व अर्थमन्त्री डा. महतले भने, ‘सरकारमा बस्नेसँग विकासको सेन्स देखिएन कांग्रेस सडकमा उत्रन नपरोस’

पूर्व अर्थमन्त्री डा. महतले भने, ‘सरकारमा बस्नेसँग विकासको सेन्स देखिएन कांग्रेस सडकमा उत्रन नपरोस’


बिजखबर संवाददाता
135
Shares

नुवाकोट । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता डा रामशरण महतले सरकारले नराम्रा काम गर्न थालिसकेको र त्यसलाई रोक्न कांग्रेसले सडकमा उत्रिएर भएपनि विरोध गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

नुवाकोटको त्रिशुलीमा आयोजित कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलनको समापनका अवसरमा बोल्दै उनले भने, ‘बूढीगण्डकी आयोजना विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने तयारी हुँदै छ । यसको विरोधमा सडकमा उत्रिनुपर्ने हुनसक्छ ।’ आयोजनाबारे सबै निर्णय तिनै कम्पनीले गर्ने र सम्पूर्ण बिल भुक्तानी नेपाल सरकारले गर्ने कदापि हुन नसक्ने समेत उनको भनाइ थियो ।

सरकारले राम्रा काम गरे त्यसको समर्थन गर्नुपर्ने उल्लेख गर्दै सरकारमा बस्नेहरुका कुरा सुन्दा विकासको सोच देखिदैन र उनीहरुलाई विकासको सेन्स नै नभएको दाबी गरे । तुरुन्तै रेससेवा सञ्चालन गरिहाल्ने अभिव्यक्ति दिने एक सरकारी नेतालाई आफूले प्रश्न गरेको उदाहरण दिदै भने रेलसेवा सञ्चालन गर्न कति पैसा लाग्छ थाहा छ ?

 

रेलसेवा सञ्चालन गर्न खर्बौ रकम लाग्ने र ऋण लिएर सञ्चालन गर्न असम्भव हुने भन्दै त्यसको ब्याज तिर्न नसकेर नेपाल ऋणको पासोमा पर्ने चेतावनी दिए । श्रीलंकाले चीनसँग सहयोग लिएर सञ्चालनमा ल्याएको बन्दरगाह आर्थिक रुपले धान्न नसकिने भएपछि चीनले नियन्त्रणमा लिएर चलाइरहेको उदाहरण समेत उनले पेश गरे । सर्वहाराको सत्ता ल्याउने उद्घोषका साथ सत्तामा पुगेकाहरु जनतामा भ्रम छर्न सफल भएको र उनीहरु कांग्रेसले लिएको आर्थिक राजनीतिक र सामाजिक सुधारका नीतिकै बाटोमा लागेको बताए ।

बजारमूखी आर्थिक नीतिबाट कोही पनि पछि हट्न सक्ने अवस्था नभएको उनको भनाई थियो । खर्च धान्न नसकेर सन १९८९ मा मुद्राकोषमा आफ्नो सुन धरौटी राखेर खर्च चालउन बाध्य भारतले पनि त्यसपछि ब्यापक मात्रामा उदारिकण गर्याे, चीनले पनि अर्थतन्त्रलाई खुकुलो बनाउदै लगिसकेको छ । अहिलेको उत्तम राजनीतिक विचार भनेको सामाजिक न्यायमा आधारित समाजवाद नै हो । अहिले न पूर्ण पुँजीवादी न पूर्ण साम्यवादी व्यवस्था टिक्न सकेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL