Logo

‘पाँच वर्षदेखि आन्तरिक भ्रमणमा छु’

‘पाँच वर्षदेखि आन्तरिक भ्रमणमा छु’


रामराजा श्रेष्ठ
0
Shares

शौरभ ज्योति

laxmi

निर्देशक, ज्योति ग्रुप 

व्यवसायमा लागेको कति वर्ष भयो ?

१५ वर्ष भयो । सन् २००० देखि आफैले व्यवसाय शुरु गरे ।

इञ्जिनियर पढेको मान्छे अन्य कम्पनीमा जागिर खान मन लागेन ?

मेरो लागि आवश्यक सवै प्रकारका काम ज्योति ग्रुप मै थियो । कलेज पढ्दा चाहीँ अध्ययनको लागि ‘अशोक ले ल्याण्ड’ कम्पनीमा ट्रक बनाउने काम गर्थे ।

१५ वर्षसम्म आफ्नो व्यवसाय चलाइरहदाँ कस्तो अनुभव हुँदोरहेछ ?

आफ्नै काम गर्दा सिक्ने अवसर बढी हुन्छ । त्यस्तै, मेहनत र परिश्रम पनि बढी नै गरिन्छ । अन्य कम्पनीमा काम गर्दा काम गरेर तलव लिइन्छ तर, आफ्नो कम्पनीमा काम गर्दा व्यवसाय संचालन देखि कर्मचारीको दायित्व समेत लिनुपर्ने हुन्छ ।

यसको मतलव आफ्नो व्यवसाय गर्दा रिस्कसँगै रमाइलो पनि उत्तिकै छ ?

अवश्य पनि ।

अहिले कुन–कुन व्यवसाय सम्हाल्दै हुनुहुन्छ ?

होण्डा कम्पनीको गाडी, मोटरसाइकल, पावर प्रोड्क्टस, हिमाल आइरन र स्पाइस मोवाइल ।

विहान कति बजे उठिन्छ ?

विहान प्राय ६ः४५ मा उठ्छु । साढे ८ बजेसम्म व्यायम गर्छु ।

अफिस ?

विहान १० बजे अफिस पुग्छु । बेलुका ७ बजेसम्म अफिसकै काम गर्छु ।

विभिन्न चेम्वर अर्गनाइजेशनमा पनि आवद्ध हुनुहुन्छ । त्यसको लागि चाहीँ कसरी समय व्यवस्थापन गनुहुन्छ ?

विशेषगरी सेकेन्ड हाफको समयमा चेम्वर अर्गनाइजेनशमा आबद्ध हुन्छु । झण्डै ५० प्रतिशत समय चेम्बर अर्गनाइजेशनलाई नै दिन्छु ।

धेरै समय चेम्बर अर्गनाइजेनशनमा दिँदा आफ्नो व्यवसायमा असर पर्दैन ?

पर्दैन । त्यसले झन फाइदा पुर्याउछ । आफुमात्र सक्षम भएर देश बन्दैन । आफुले जानेको विषयमा अन्य व्यक्तिलाई जानकारी दिनका लागि चेम्बर अर्गनाइजेनशमा आवद्ध हुन्छु ।

मनोरञ्जनका लागि के गर्नुहुन्छ ?

प्रायःजसो परिवारसँग नै रमाउँछु । त्यस्तै, फिल्म हेर्ने र भ्रमणमा गइन्छ ।

भ्रमणको लागि कहाँ कहाँ गइन्छ ?

५ वर्ष यता आन्तरिक भ्रमणमा छौं । देशका सवैजसो पर्यटकीय गन्तव्यमा पुग्ने इच्छा छ ।

विदेश भ्रमण ?

प्रायःजसो देशको भ्रमण गरियो ।

अहिलेसम्म घुमेकोमा मनपर्ने स्थान ?

पोखरा ।

फिल्म कत्तिको हेर्नुहुन्छ ?

राम्रा फिल्म रिलिज हुने वित्तिकै हेर्न जान्छौं ।

कस्तो प्रकारको फिल्म हेर्न रुचाउनुहुन्छ ?

नेपाली, अग्रेजी र हिन्दीका राम्रा सवै फिल्म हेर्छु ।

पछिल्लो समय हेरेको फिल्म ?

सुन्तली ।

धार्मिक आस्थामा कत्तिको विश्वास राख्नुहुन्छ ?

हामी बौद्ध धर्मालम्बी हौं । ज्योति समुहले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा, स्वास्थ्य र धार्मिक कार्यमा सहयोग गर्दै आएका छौं । अरुलाई राम्रो व्यवहार गर्नु र सहयोग गर्नु नै धर्म हो ।

ग्याजेट्स के–के चलाउनुहुन्छ ?

ग्याजेट्स धेरै नै चलाउँछु । मसँग पछिल्लो समय बजारमा आएका सवैप्रकारका ज्यागेट्स छन् ।

ड्रेस अप ?

त्यसमा खासै सोख छैन । तर, गाडी, मोटरसाइकल र ग्याजेट्समा चाहीँ एकदमै सोख छ ।

गाडी कुन चढ्दै हुनुहुन्छ ?

होण्डाको हाइब्रीट । अहिलेसम्म ३/४ वटा परिवर्तन गरे ।

मोटरसाइकल ?

१५/२० वटा छ । मैले सन् १९६९ देखिको मोटरसाइलक कलेक्सन गरेको राखेको छु ।

अध्ययन ?

बेङ्लोरबाट बीआइएम गरेको छु ।

उमेर ?

४० वर्ष ।

तपाँई सफल युवा उद्यमी हुनुहुन्छ । सफल रुपमा व्यवसाय संचालन गर्न के चाहिँदो रहेछ ?

पहिलो त सकारात्मक सोच नै हो । त्यस्तै व्यवसाय प्रतिको लगाव पनि हो ।

तँपाइहरुले संचालन गर्नुभएका धेरै व्यवसाय सफलतापूर्वक अघि बढिरहेका छन् । यसको लागि व्यवसायिक योजना कसरी बनाउनुहुन्छ ?

व्यवसायमा दिर्घकालिन सोच हुनु जरुरी छ । त्यस्तै, बजारको माग अनुसार बस्तु उत्पादन गर्न सक्नुपर्छ भने विक्री पछिको सेवालाई पनि ध्यान दिनुपर्छ ।

ज्योति ग्रुपले केही नयाँ व्यवसाय ल्याउँदै छ ?

हामीले स्वास्थ्य क्षेत्रलाई अघि बढाइरहेका छौं । स्वदेशमै मोटरसाइकल उत्पादन गर्नुका साथै, शिक्षा र प्रविधिमा पनि लगानी गर्ने सोच बनाएका छौं ।

नेपालका व्यवसायीमा मनपर्ने व्यक्ति ?

व्यवसायीका कुरा गर्दा आफ्नै हजुरबुवा मणिहर्ष ज्योतिलाई सम्झन्छु । उहाँले आफ्नो व्यवसायभन्दा पनि राष्ट्र हित हुनेगरी काम गर्नु हुन्थ्यो । त्यस्तै, नेपालमा पहिलो पटक फलाम तथा अक्सिजन उद्योग पनि उहाँले नै संचालनमा ल्याउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL