Logo

कसमशले २ महिनाभित्र ‘क्लिङ्कर’ उत्पादन शुरु गर्ने, रू.२ अर्ब लगानी

कसमशले २ महिनाभित्र ‘क्लिङ्कर’ उत्पादन शुरु गर्ने, रू.२ अर्ब लगानी


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

३ माघ, काठमाडौं । कसमश सिमेन्ट इण्डष्ट्रिजले २ महिना भित्र ‘क्लिङ्कर’ उत्पादन शुरु गर्ने भएको छ । हाल प्लाण्ट स्थापना लगायतका काम अन्तिम चरण पुगेको र जतिसक्दो छिटो उत्पादन शुरु गरिने कसमश सिमेन्टका कार्यकारी निर्देशक प्रवलजंग पाण्डेले बिजखबरलाई बताए । ‘हाल क्लिङ्क उत्पादनका लागि चाहिने आवश्यक पूर्वाधार तयार भइसकेको छ,’ उनले भने, ‘बढीमा २ महिना भित्र क्लिङ्कर उत्पादन शुरु गर्ने छौं ।’

पाण्डेका अनुसार क्लिङ्कर उद्योग संचालनका लागि २ अर्व रुपैयाँ लगानी गरिएको छ । ३० विगाहा जग्गामा फैलिएको उक्त उद्योगले दैनिक ६ सय टन क्लिङ्कर उत्पादन गर्ने छ । कम्पनीले उत्पादन शुरु गरेसँगै भारतबाट आयात हुने क्लिङ्करमा कमी आउने कम्पनीले बताएको छ ।

हाल कम्पनीले सिमेन्ट उत्पादनका लागि स्वदेशी तथा भारतबाट आयात गरिएको क्लिङ्गर प्रयोग गर्दै आएको छ । उसले मासिक ८ हजार टन क्लिङ्कर खपत गर्दै आएको छ । आफैले क्लिङ्कर उत्पादन गर्न शुरु गरेपछि सो आयातलाई प्रतिस्थापन गरिने पाण्डे बताउँछन् ।

कम्पनीको क्लिङ्कर उत्पादन प्लाण्ट जनकपुरमा रहेको छ । उक्त क्लिङ्कर उत्पादनका लागि उदयपुरमा २ वटा खानी संचालनमा ल्याएको छ । जसअनुसार उदयपुरको नेपालटारमा ४ सय रोपनी र कटारीमा १ सय रोपनी जग्गामा खानी संचालन गरिएको पाण्डेले जानकारी दिए ।

हाल कम्पनीले जनकपुर र विराटनगरमा २ वटा सिमेन्ट उद्योग संचालन गर्दै आएको छ । आफ्ना २ वटा उद्यागका लागि आवश्यक क्लिङ्कर कसमशबाटै उत्पादन गरिने पाण्डेले बताए ।

केही समय अघिसम्म भारतबाट अर्बो रुपैयाँको क्लिङ्कर आयात हुँदै आएकोमा नेपालमै उत्पादन हुनथालेपनि सोक्रम केही रोकिएको छ । हाल नेपालमा १५ वटा क्लिङ्कर उद्योग रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL