Logo

चुरोट सुर्तीमा चेतावनीमुलक सन्देशको मात्रा ९० प्रतिशतबाट नघट्ने

चुरोट सुर्तीमा चेतावनीमुलक सन्देशको मात्रा ९० प्रतिशतबाट नघट्ने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सरकारले चुरोट तथा सुर्तीजन्य बस्तुमा लगाउँदै आएको सन्देशमुलक सन्देश तथा चित्रको मात्रालाई नघटाइने भएको छ । उद्योगीले त्यसको मात्रालाई घटाउन दवाव दिएपनि त्यसलाई यथावत नै राखिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बिजखबरलाई बताए । ‘उद्योगी व्यवसायी तथा विभिन्न पक्षबाट त्यसलाई सम्सोधन गरी घटाउनका लागि माग भएको थियो,’ उनले भने, ‘तर, मन्त्रालयले यसलाई यथावत नै राख्ने छ ।’

श्रेष्ठका अनुसार सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल र प्याकेजिङको बाहिरी कुल भागमध्ये ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र छाप्ने निर्णगरेसँगै नेपालले सो विषयमा पुरस्कार समेत प्राप्त गरेको छ । ‘जुन कामवाट पुरस्कार पाएको हो त्यसमा तलमाथी गर्ने कुरै हुँदैन,’ उनले भने, ‘आगामी दिनमा यसलाई थप कडाइका साथ लागू गरिने छ ।’ चुरोट तथा सुर्तीजन्य बस्तुले मानव स्वास्थ्यमा ठूलो असर गरेको भन्दै २०६८ सालदेखि चेतावनीमुलक सन्देश तथा चित्र राख्ने निर्णय गरेको थियो ।

विश्वका अन्य देशहरुले चुरोट तथा सुर्तीको बट्टामा ८५ प्रतिशतसम्म चेतावनीमुलक सन्देश तथा चित्र राख्दै आएका छन् । तर, नेपालले पहिलो पटक ९० प्रतिशत राख्ने निर्णग गरेको भन्दै ‘ब्लुम वर्ग’ले १ करोड रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो ।
आगामी दिनमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई थप मजबुद बनाएर लगिने मन्त्रालयले जानकारी दिएको छ । चुरोट तथा सुर्ती उत्पादकहरुले विरोध गरेपछि उद्योग मन्त्रालयले सो सम्बन्धी मौजुदा ऐनको विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, चेतावनीमुलक सन्देश तथा चित्रको मात्रालाई ९० प्रतिशतबाट नघटाइने भएको छ । स्वदेशमा उत्पादित तथा आयातीय चुरोट तथा सुर्तीमा अनिवार्य रुपमा ९० प्रतिशत स्थानमा चेतनामुलक सन्देश तथा चित्र नराखे कडा कारवाही गरिने श्रेष्ठले बताए ।

यता चेतनामुलक सन्देश तथा चित्रको वारेमा विचरा गर्न आग्रह गरेको उद्योग मन्त्रालयले पनि घटाउने सम्बन्धमा पुर्नविचार नगरिने बताएको छ । व्यवसायीबाट आग्रह भएपनि ९० प्रतिशतबाट नघटाइने उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए । ‘यस विषयमा छलफल भइरहेको छ भने विभिन्न पक्षले घटाउन आग्रह गरिरहेका छन्,’ उनले भने, ‘छलफल भएपनि घटाउने पक्षमा म छैन ।’

चेतनामुलक चिन्ह राख्न सहयोग गर्ने निकायलाई पुरस्किृत गरिँदै

स्वास्थ्य मन्त्रालयले चुरोट तथा सुर्ची र गुट्खाको बट्टा ९० प्रतिशत चेतनामुलक सन्देश र चित्र राख्न सहयोग पुर्याउने विभिन्न संघसंस्थालाई सम्मान गर्ने भएको छ । चुरोट तथा सुर्तीमा ९० प्रतिशत चेतनामुलक चिन्ह राखेबापत ब्लुम बर्गले १ करोड रुपैयाँ पुरस्कार प्रदान गरेको थियो । सोही रकमबाट विभिन्न ३ क्षेत्रका संघसंस्था तथा व्यक्तिलाई पुरस्कृत गर्ने तयारी भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । साथै, कसरी र कसलाई पुरस्कार गर्ने भन्ने विषयमा मापदण्ड बनाइरहेको र केही समयभित्रै नगद सहित सम्मान गरिने भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL