Logo

यसपटक पनि बढी कामदार पठाउनेमा एसओएस, दोस्रोमा दि रिभर

यसपटक पनि बढी कामदार पठाउनेमा एसओएस, दोस्रोमा दि रिभर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ साउन, काठमाडौं । आर्थिक वर्ष २०७१/७२ मा पनि सवैभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीमा एसओएस नै रहेको छ । सो म्यानपावर कम्पनीले सो अवधिमा ८ हजार २ सय कामदारलाई वैदेशिक रोजगारीमा पठाउँदै आएको छ । विगत केही वर्ष यता एसओएस म्यानपार सवैभन्दा बढी कामदार पठाउनेको सुचीमा पर्दै आएको छ ।

एसओएसले साउदी अरव, कतार, संयुक्त अरव इमिरेट्स, कुवेतलगायतका देशमा नेपाली कामदार पठाउँदै आएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार दि रिभर ओभरसिजले दोस्रो स्थानमा रहेको छ । कम्पनीले सो अवधिमा ६ हजार ८ सय कामदारलाई वैदेशिक रोजगारीमा पठाएको छ । यसपटक प्याराडाइज इन्टरनेशनल तेस्रो स्थानमा आउन सफल भएको छ । १ वर्षमा कम्पनीले ५ हजार ६ सय कामदार वैदेशिक रोजगारीमा पठाएको छ । यी कम्पनीले पनि साउदी अरब, युएई, कतार लगायतका देशमा धेरै कामदार पठाउँदै आएका छन् ।

गत आवमा ५ हजार ३ सय कामदार रोजगारीमा पठाउँदै लालधनुष इन्टरनेशनल सभिर्स चौथो स्थानमा रहेको छ भने इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट पाँचौ स्थानमा रहेको छ । उसले गत आवमा ५ हजार ३ सय कामदार रोजगारीमा पठाएको विभागले जानकारी दिएको छ । विशेषगरी यी दुवै म्यानपावर कम्पनीले कामदारलाई मलेशियाको रोजगारीमा पठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL