Logo

जनक शिक्षा सामग्री केन्द्रमा जागिरको अवसर, बरिष्ठ सहायक देखि उप प्रवन्धक सम्म माग

जनक शिक्षा सामग्री केन्द्रमा जागिरको अवसर, बरिष्ठ सहायक देखि उप प्रवन्धक सम्म माग



जनक शिक्षा सामग्री केन्द्रले विभिन्न ३ पदका लागि आवेदन माग गरेको छ । केन्द्रले एक सुचना जारी गर्दै बरिष्ठ सहायक, शाखा अधिकृत र उप प्रवन्धकका लागि ३६ जना नयाँ कर्मचारी माग गरेको हो । केन्द्रले शाखा अधिकृत र बरिष्ठ सहायक बाहेक उपप्रवन्धक भने आन्तरिक प्रतिश्पर्धाबाट गर्ने जानकारी दिएको छ ।

केन्द्रका अनुसार शाखा अधिकृतका लागि प्रशासन, ईलेक्ट्रोनिक्स, सुचना प्रविधि तथा बाईन्डीङमा कर्मचारी माग गरेको छ भने बरिष्ठ सहायकमा मेकानिकल, प्रशासन, नर्स, लगायतका लागि कर्मचारी माग गरेको हो । केन्द्रले मागेको उक्त पदको आवेदन दिनका लाग मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित बिषयको अध्यापन गरेको हुनुपर्नेछ ।

आवेदकले असोज १६ गतेसम्म उक्त दरखास्त भर्न सक्नेछन भने दोब्बर दस्तुर तिरेर असोज २३ गतेसम्म दरखास्त दिन सक्नेछन ।


प्रतिक्रिया दिनुहोस्
MBL