Logo

जापानले १ हजार जना नर्सिङ केयर गिभर लैजाने, परिक्षा मिति तोकियो

जापानले १ हजार जना नर्सिङ केयर गिभर लैजाने, परिक्षा मिति तोकियो



काठमाडौं । जापानले पहिलो चरणमा १ हजार जना नर्सिङ केयर गिभर वर्किङ भिसामा लैजाने भएको छ । जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले एक सुचना जारी गर्दै नेपाल लगायत ९ देशबाट विभिन्न १ हजार जना नर्सिङ केयर गिभर लैजाने बताएको हो ।

जापान सरकारले निकालेको उक्त सुचनाका आधारमा नेपालबाट कति कामदार लैजाने भन्नेबारे भने छलफलन नभएको श्रम मन्त्रालयले जानकारी दिएको छ । जापान सरकारले यसअघि नै नेपाल सहित ९ देशबाट केयर गिभरका लागि कामदार लैजाने घोषणा गरेको थियो ।

सोही अनुसार जापान केयर गिभरका रुपमा जाने कामदारलाई कुनै शैक्षिक योग्यता भने नचाहिने भएको छ । तर नर्सिङ केयर स्किल ईभ्यालुयसन टेष्ट र नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज ईभ्यालुयसन टेष्ट पास गर्नुपर्नेछ । यसका लागि जापानिज भाषा र सीप मूल्याङ्कन परीक्षा अक्टोबर २७ देखि २९ नोभेम्बर र नोभेम्बर १२ देखि १४ सम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL