Logo

भुकम्प पछि ३६ हजार कामदार बैदेशिक रोजगारीमा

भुकम्प पछि ३६ हजार कामदार बैदेशिक रोजगारीमा


रामराजा श्रेष्ठ
81
Shares

बिजखबर संवाददाता

२४ जेठ, काठमाडौं । नेपालमा शक्तिशाली भुकम्प आएपछि पनि बैदेशिक रोजगारीमा जाने क्रममा रोकिएको छैन । सरकारले युवाहरुलाई देश पुनर्निर्माण लगाउने भनेपनि नेपाली कामदार कामको खोजीमा विदेश जाने क्रम रोकिएको छैन । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भुकम्प आएयता ३६ हजार ६ सयभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

विभाग तथ्याङक अनुसार भुकम्प पछिको १ महिना बैशाख १३ गतेदेखि जेठ १२ गतेसम्ममा २६ हजार १ सय कामदार वैदेशिक रोजगारीमा गएको देखिन्छ । त्यसयता पनि ९ सय कामदार वैदेशिक रोजगारीमा पुगिसकेका छन् ।

बैशाख १२ को शक्तिशाली भुकम्प पछि सवैभन्दा बढी कामदार कतारको रोजगारीमा पुगेका छन् । सो अवधिमा १० हजार ९ सय कामदार कतार पुगेका छन् । कतारमा विशेषगरी निर्माण क्षेत्रमा बढी कामदार जाने गरेका छन् ।

यस अघि सवैभन्दा बढी कामदार मलेशिया जाने गरेकोमा भुकम्प पश्चात कम गएका छन् । सो अवधिमा ९ हजार ६ सय कामदार मात्र मलेशिया पुगेका छन् । पछिल्लो समय श्रम तथा रोजगार मन्त्रालयले विभिन्न खालका अनावश्यक नियम बनाएकाले पनि मलेशिया जाने कामदार घटेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

यसैगरी, साउदी अरबमा कुल ९ हजार कामदार पुगिसकेका छन् भने संयुक्त अरव इमिरेट्समा ५ हजार कामदार रोजगारीका लागि पुगेका छन् । व्यवसायीहरु भने भुकम्प पश्चात रोजगारीमा जाने कामदार पाउन छोडिएको बताउँदै आएका छन् । हाल कतिपय भिषा लागेका कामदार पनि क्यान्सिल गरेर बस्ने गरेका व्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL