Logo

वैदेशिक रोजगार व्यवसायीको चुनाव सर्याे, जिल्ला प्रशासनले तोक्यो चुनावी मिति

वैदेशिक रोजगार व्यवसायीको चुनाव सर्याे, जिल्ला प्रशासनले तोक्यो चुनावी मिति



काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायीको चुनाव पुनः सरेको छ । यसअघि २ पटक सरीसकेको उक्त चुनाव शुक्रबार पुनः सरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार एक सुचना जारी गर्दै विशेष परिस्थीति सृजना हुन सक्ने भन्दै संघको चुनावको म्याद सारिएको जानकारी दिएको हो ।

संघले यसअघि गत चैत २७ सम्मको म्याद राखेको थियो तर उक्त म्यादमा चुनाव नगरेपछि पुनः म्याद थप्दै असार २७ सम्मको म्याद थपेको थियो ।

संघले यसपाली पनि वैदेशिक रोजगार ऐन संशोधन भई नगद धरौटी, बैंक ग्यारेन्ट लगायत बढ्ने र कम्पनीहरु मर्ज हुनसक्ने अवस्था आएकाले चुनावको म्याद थपेको हो । अब संघले आगामी निर्वाचन भने संघको कार्यसमितिको निर्णय अनुसार गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL