Logo

मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न ९९ संस्थाले पाए अनुमति, यी हुन अनुमति पाउने संस्थाहरु

मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्न ९९ संस्थाले पाए अनुमति, यी हुन अनुमति पाउने संस्थाहरु


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं। वैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न थप ९९ वटा स्वास्थ्य संस्थाले अनुमति पाएका छन् ।

laxmi

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी थप ९९ ओटा संस्थाको नाम सार्वजनिक गरेको हो । असार १९ गतेको मन्त्रिपरिषद बैठकले यी संस्थालाई अनुमति दिने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत चैत्र १८ गते सूचना जारी गर्दै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनको लागि आवेदन माग गरेको थियो ।

जसमा २९० वटा स्वास्थ्य संस्थाले आवेदन दिएका थिए । मन्त्रालयको प्राविधिक टोलिले मलेसिया सरकारले तोकेको मापदण्ड पूरा भए नभएको अनुगमन गरेर दिएको प्रतिवेदको आधारमा ९९ वटा संस्थालाई मात्रै स्वास्थ्य परीक्षणको अनुमति दिइएको जानकारी दिएको छ ।

यी हुन अनुमति पाएको स्वास्थ्य संस्थाहरु ।

प्रतिक्रिया दिनुहोस्
MBL