Logo

आफ्नै निर्णयबाट पछि हट्यो सरकार, वैदेशिक रोजगारीमा जान शीप परीक्षण प्रमाणपत्र नचाहिने

आफ्नै निर्णयबाट पछि हट्यो सरकार, वैदेशिक रोजगारीमा जान शीप परीक्षण प्रमाणपत्र नचाहिने



काठमाडौं । वैदेशिक रोजगारीमा जानका लागि शीप परीक्षणको प्रमाणपत्र नचाहिने भएको छ । सरकारले यही असार १५ गतेबाट वैदेशिक रोजगारीमा जानका लागि सम्बन्धित कामको शीपको परीक्षण भएको प्रमाणपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

तर, वैदेशिक रोजगार विभागले एक सूचना प्रकाशित गर्दै तत्कालका लागि शीप सिकाईको कुनै पनि प्रमाणपत्र आवश्यक नपर्ने जानकारी दिएको हो । तत्कालका लागि उक्त नियम लागू गर्न प्राविधिक समस्या पर्ने भएकाले शीप परीक्षणको प्रमाणापत्र विना नै अन्तिम स्वीकृति दिन विभागले आफु मातहतका निकायलाई पत्राचार गरेको छ ।

शीप सिकाईको प्रमाणपत्र अनिवार्य गर्दा सिण्डिेकेट लागू हुने भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले सोको विरोध गर्दै आएका छन् । हाल सिमिति संस्थाले मात्र शीप परीक्षणका लागि अनुमति दिएको र सोको जिम्मा तिनै कम्पनीलाई मात्र दिँदा वैदेशिक रोजगार क्षेत्रमा थप कार्टेलिङ हुने व्यवसायीहरुको तर्क छ ।

bizkhabra-foreign-employement

प्रतिक्रिया दिनुहोस्
MBL