Logo

खाने होईन सरकारी जागिर?, विद्युत प्राधिकरणले माग्यो जुनियर टेक्निसियन देखि प्रवन्धक सम्म ६४४ जना कर्मचारी

खाने होईन सरकारी जागिर?, विद्युत प्राधिकरणले माग्यो जुनियर टेक्निसियन देखि प्रवन्धक सम्म ६४४ जना कर्मचारी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न रिक्त पद पुर्ती गर्न ६ सय ४४ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । प्राधिकरणले शुक्रबार एक सुचना जारी गर्दै प्रवन्धक देखि जुनियर टेक्निसियनसम्मका लागि उक्त आवेदन माग गरेको हो ।

laxmi

प्राधिकरणले उक्त सुचना मार्फत ३ जना प्रवन्धक, २ जना उपनिर्देशक, १ जना सिनियर चार्टर्ड एकाउन्टेन्ट, उपप्रवन्धक लगायतका लागि विज्ञापन माग गरेको छ । प्राधिकरणले विभिन्न क्षेत्रका लागि भन्दै ईन्जिनियर, मिटररिडिङ सुपरभाईजर, लेखापाल, सुपरभाईजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन लगायतमा आवेदन माग गरेको छ ।

प्राधिकरणले माग गरेको पदहरुमा आवेदन दिनका लागि प्राधिकरणकै वेबसाईटमा गएर फारम डाउनलोड गरी भर्न सकिनेछ । प्राधिकरणले विभिन्न क्षेत्रमा गरी ईलेक्ट्रिसियन पदका लागि १ सय ३५ जनाको आवेदन माग गरेको छ । यस्तै सिनियर मिटर रिडरका लागि ९ जना, सहायक लेखापाल का लागि ६६ जना माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL