Logo

सरकारी कर्मचारीको तलव बढ्यो, हेर्नुहोस कसको कती पुग्यो?

सरकारी कर्मचारीको तलव बढ्यो, हेर्नुहोस कसको कती पुग्यो?



काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलव वृद्धि गरेको छ । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको हो । बुधबार संसदमा आर्थिक वर्ष २०७६र७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरिएको जानकारी दिएका हुन । सरकारले विभिन्न पदमा फरक(फरक अनुपातमा आधारभूत तलब बढाएको छ । सरकारी कर्मचारीको तलब रकम बढेको छ ।

laxmi

सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढेको हो । महंगीभत्ता र पोशाक भत्ता यथावत राखिएको छ ।

यससँगै कर्मचारीतन्त्रको तल्लो पद पिएनको तलव २२ हजार पुगेको छ भने अधिकृत, नायब सुव्वा, सहायक लगायतका तलब पनि २० प्रतिशतले बढको हो । यस्तै राजपत्रअंकित कर्मचारीको तलब भने तलव १८ प्रतिशतले बढेको छ । बजेटमार्फत कर्मचारीतन्त्रको माथिल्लो पद मुख्य सचिवको तलव ६५ हजार १ सय ३६ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL