Logo

आगामी बर्ष ५ लाखलाइ रोजगारी, व्यवसाय संचालन खर्च घटाईने

आगामी बर्ष ५ लाखलाइ रोजगारी, व्यवसाय संचालन खर्च घटाईने



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा ५ लाख नेपालीलाई रोजगारी उपलब्ध गराउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आबको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै थप ५ लाखलाई नयाँ रोजगारी सिर्जना गर्ने जानकारी दिएकी हुन् ।

उनले कृषिलाई आधुनिकिकरण गर्दै व्यवसायी बनाउने जानकारी दिँदै कृषि योग्य जमिनको ९० प्रतिशत सिचाई सेवा पुर्याइने समेत उनले जानकारी दिएका छन् ।
यसैगरी व्यवसाय संचालन गर्न घटाउनका लागि समेत सरकारले विशेष पहल गर्ने छ । नेपालमा प्रतिस्पर्धी मूल्यमा बस्तु उत्पादन गरी आयात प्रतिस्थापन तथा निर्यात गरिने भएको छ ।

जसका लागि उद्योग दर्तामा सहजता, संचालनमा सहजता, भुक्तानी प्रणालीमा सहजता र त्यस्ता उद्योगले तिर्ने करलाई समेत न्यूनिकरण गरिने भएको छ ।
साथै जेठ १ गतेबाट एकल विन्दु सेवा केन्द्र समेत संचालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL