Logo

१० म्यानपावर कम्पनी खारेजीमा, यी हुन खारेजीमा परेका कम्पनी

१० म्यानपावर कम्पनी खारेजीमा, यी हुन खारेजीमा परेका कम्पनी



काठमाडौं । वैदेशिक रोजगार विभागले समयमै नविकरण नगर्ने १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ । विभागले समयमै नविकरण नगर्ने तथा नियम विपरित काम गरेकाले उक्त १० कम्पनीलाई खारेज गरेको हो ।

laxmi

विभागका प्रवक्ता भोलानाथ गुरागाँईले गत फागुन १५ गतेको निर्णयअनुसार उक्त १० कम्पनीहलाई खारेज गरिएको जानकारी दिएका छन । उनका अनुसार खारेजीमा पर्ने कम्पनीमा इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्राली रहेका छन ।

यस्तै ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस, प्रिसाइस इन्टरनेशनल प्रालि, इनोभेटिभ सर्भिसेस प्रालि, रि क्रियशन इन्टरनेशनल प्राल, प्रशिद्ध ओभरसिज प्रालि, वर्ल्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिजले पनि समयमै नविकरण नगरेको तथा नियमविपरित काम गरेकाले विभागले खारेज गरेको हो ।

यसअघि विभिन्न समयमा १ सय ९७ वटा म्यानपावर कम्पनी खारेजीमा परेका थिए । हाल १४ सयभन्दा बढी म्यानपावर कम्पनीहरु विभागमा दर्ता भएका छन् । जसमध्ये ११ सय हाराहारीमा मात्रै म्यानपावर कम्पनीहरु सञ्चालनमा रहेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL