Logo

नेपाली श्रमिकको मासिक कमाई १७ हजार ८ सय, पुरुषको भन्दा महिलाको ५ हजारले कम

नेपाली श्रमिकको मासिक कमाई १७ हजार ८ सय, पुरुषको भन्दा महिलाको ५ हजारले कम



काठमाडौं । नेपालमा काम गर्ने श्रमिकहरुको मासिक आम्दानी औसतमा १७ हजार रुपैयाँ मात्रै हुने देखिएको छ । केन्द्रिय तथ्याङ्क विभागले रोजगारमा रहेका ज्याला प्राप्त गर्ने हरुको औसत मासिक आम्दानी १७ हजार ८ सय ९ रुपैयाँ पुग्ने जानकारी दिएको छ ।

विभागले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा पुरुष भन्दा महिला श्रमिकले औसतमा मासिक ३० प्रतिशत कम ज्याला कमाउने जानकारी दिएको छ ।

विभागको तथ्याङ्क अनुसार महिला श्रमिकले औसतमा मासिक १३ हजार ६ सय ३० रुपैयाँ कमाउँदा पुरुष श्रमिकले भने १९ हजार ४ सय ४६ रुपैयाँ कमाउँछन । पुरुषको तुलनामा महिला श्रमिकले मासिक औसतमा ५ हजार ८ सय ३४ रुपैयाँ कम आम्दानी गर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL