Logo

नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर, यी हुन् नेपालबाट दक्ष कामदार लैजाने रोजगारका १४ क्षेत्र

नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर, यी हुन् नेपालबाट दक्ष कामदार लैजाने रोजगारका १४ क्षेत्र



काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच श्रमसमझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रममा नेपालबाट जापानमा विभिन्न १४ क्षेत्रमा कामदार लैजानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डाक्टर रामप्रसाद घिमिरे र नेपालका लागि जापानीज राजदुत मासाशी ओगावाले हस्ताक्षर गरेका छन ।

सम्झौतापत्रमा नेपाली श्रमिकहरुको भर्ना, जापानी भाषा परीक्षा तथा सिप परक्षणको लागि जापानी पक्षलाई सहयोग एवं सहजीकरणका लागि वैदेशिक रोजगार विभाग अन्तरगत छुट्टै एकाई स्थापना गरिने ब्यवस्था गरिएको छ ।

यस्तै उक्त कार्यक्रमका लागि एक संयुक्त समिति पनि गठन गरिने भएको छ । जसले नेपाली श्रमिकहरुको भर्ना, रोजगारी र स्वदेश फिर्ती लगायतका विषयमा अवलम्बन गर्ने विधि एवं प्रक्रियाको टुंगो लगाउनेछ ।

अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी गरिएको उक्त सम्झौता अनुसार कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत सम्भार लगायत १४ क्षेत्रका दक्ष कामदारहरु जापान जान सक्नेछन । नेपाली श्रमिकलाई १४ ओटै कार्यक्षेत्र खुला गरिएको भएपनि कुन क्षेत्रमा कति संख्यामा नेपाली श्रमिकको माग हुने हो भन्ने विषय भने निश्चित हुन बाँकी रहेको छ ।

नेपालबाट जापान जाने कामदारलाई भाषा परिक्षा भने अनिवार्य गरिएको छ । सोही अनुसार नेपालबाट ५ बर्षसम्मका लागि कामदार लैजाने भएको हो ।

भाषा परिक्षाका लागि भने नेपाल सरकार शिक्षा मन्त्रालयले मापदण्ड बनाउने र सोही अनुसार भाषा परिक्षाको ब्यवस्था गरिने पनि मन्त्रालयले जानकारी दिएको छ । कोरियामा कामदार पठाएकै मोडलमा जापान कामदार पठाईने भएपनि कहिले कति कामदार लैजाने भन्ने कुरा भने जापान सरकारले तोक्ने छ । उक्त सम्झौतापश्चात ५ बर्षमा ९ देशबाट ३ लाख ९८हजार कामदार लैजाने बताएको जापानले नेपालबाट पनि सोही अनुसार केही मात्रामा कामदारको कोटा परेको जानकारी दिएको छ ।

गत माघ २ गते नेपाल र जापानका प्राविधिक टोलिबीच कामदार पठाउने प्रक्रिया टुङ्गयाउन छलफल भएको थियो । छलफलमा नेपालले सरकार मार्फत कामदार पठाउने प्रस्ताव राखेको थियो । नेपालले जापान जान धेरै आर्थिक भार पार्न नहुने, कामदारको स्वास्थ्य, सुरक्षाको ग्यारेन्टी, अन्तर्राष्ट्रिय मूल्यमान्यताअनुसार सेवासुविधा पाउनुपर्नेलगायत प्रस्ताव राखेको थियो ।

कामदारलाई भाषा परिक्षा अनिवार्य गरिएको हुँदा उक्त भाषा परिक्षाका लािग भने ईच्छुकले शिक्षा मन्त्रालयबाट सिफारिस ल्याउनुपर्र्ने प्रावधान रहेको छ ।

यी हुन श्रमका लागि जापान जान पाईने क्षेत्र


प्रतिक्रिया दिनुहोस्
MBL