Logo

७ महिनामा भित्रियो सवा ५ खर्ब रेमिटान्स, अमेरिका र भारतले बढायो बिप्रेषण आप्रबाह

७ महिनामा भित्रियो सवा ५ खर्ब रेमिटान्स, अमेरिका र भारतले बढायो बिप्रेषण आप्रबाह



काठमाडौं । चालू आर्थिक बर्षको ७ महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिटान्स भित्रिएको छ । यो रकम गत आबको सोही अबधिको तुलनामा २८ दशमलव ५ प्रतिशतले बढी हो । तर, अमेरिकी डलरमा तुलना गर्दा विप्रेषण आप्रवाहको वृद्धिदर १६ प्रतिशत मात्र हुन आउछ ।

पछिल्लो समय नेपाली कामदार वैदेशिक रोजगारीमा जाने क्रम घटेपनि देशमा भित्रने रेमिटान्स भने बढ्न पुगेको छ । नेपालमा रेमिटान्स भित्रने मुख्य स्रोत मुलुकमा अमेरिका, भारत तथा दक्षिण कोरिया अगाडी आएसँगै आप्रबाह बढेको हो । यस अघि नेपालमा रेमिटान्स भित्र्ने मुख्य मुलुकहरुमा मलेशिया, कतार तथा संयुक्त अरब इमिरेट्स रहेकोमा अहिले अमेरिका र भारत रहेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आबको ७ महिनामा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३९ दशमलव २ प्रतिशतले घटेको छ । गत आबको सोही अबधिमा यस्तो गिरावट ४ दशमलव ९ प्रतिशत मात्र रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL