Logo

सुदुरपश्चिमबाट पनि श्रम स्वीकृती, काठमाडौं धाउन नपर्ने

सुदुरपश्चिमबाट पनि श्रम स्वीकृती, काठमाडौं धाउन नपर्ने



काठमाडौं । सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि शुक्रबारदेखि श्रम स्वीकृति दिन थालिएको छ । वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने गरी सुदूरपश्चिम प्रदेशको धनगढीबाटै श्रम स्वीकृति दिन थालिएको हो ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन धनगढीबाट पनि सेवा दिन थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, प्रदेश ४को पोखरा र प्रदेश ६को सुर्खेतबाट सेवा उपलब्ध गराउन थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL