Logo

कर्मचारी समायोजन सफ्टवेयरमार्फत, प्रमका मुख्य सल्लाहकार रिमालले भने सोर्सफोर्स चल्दैन

कर्मचारी समायोजन सफ्टवेयरमार्फत, प्रमका मुख्य सल्लाहकार रिमालले भने सोर्सफोर्स चल्दैन



काठमाडौं । सरकारले किर्मचारी समायोजन सफ्टवेयरमार्फत गर्ने भएको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले कर्मचारी समायोजनमा कसैको सोर्सफोर्स नचल्ने गरि कुन कर्मचारीलाई कहाँ खटाउने भन्ने विषय सफ्टवेयर मार्फत निर्धारण हुने जानकारी दिएका हुन । उनले हालसम्म ६० हजार कर्मचारी समायोजन प्रकृयामा संलग्न भईसकेको बताउँदै कसैले कसैलाई चिनेको भरमा निर्णय नहुने जानकारी दिए ।

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) प्रदेश नं ३ संगठन कमिटीले संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र(जेटीयूसीसी) को नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई सम्मानका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै रिमालले संघियतामा गइसकेको अवस्थामा सोही अनुरुप सवै संरचना पनि रुपान्तरण हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै रिमालले आगामी साउन देखि पूर्ण रुपमा लागु हुने सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको जीवनमा महत्वपूर्ण परिवर्तन आउने धारणा राखे । उनले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न सवै पक्ष एक हुन आग्रह पनि गरे ।

सो अवसरमा बोल्दै जिफन्ट अध्यक्ष समेत रहेका जेटीयूसीसीका अध्यक्ष बिनोद श्रेष्ठले जवसम्म मजदुरका यूनियनहरु नाङ्लो पसल जस्तै हुन्छन्, तवसम्म श्रम सम्वद्ध विषयमा धेरै उपलव्धी हासिल हुन नसक्ने ठहरका साथ गठन गरिएको जेटीयूसीसी मार्फत अपेक्षा अनुरुप उपलव्धी हासिल भएको बताए । उनले जिफन्टले सवै यूनियनहरुलाई एकै थलोमा ल्याउन गरेको प्रयासले सार्थकता पाएको भन्दै यदि नेपालका ट्रेड यूनियनहरु एकै ठाउँमा नआएको भएमा हालको उपलव्धी हुँदैनथ्यो भन्ने धारणा राखे । श्रेष्ठले श्रम ऐन, सामाजिक सुरक्षा ऐन लगायतको प्रभावकारी कार्यान्वयनका लागि ट्रेड यूनियनहरुको एकता र सहकार्य अझ बलियो रुपमा अगाडी बढाउनु आवश्यक रहेको धारणा राखे ।

सो अवसरमा बोल्दै जेटीयूसीसीका महासचिव पल्टन ठाकुरले संगठित र असंगठित दुवै क्षेत्रका श्रमिकलाई संगठित गर्न जिफन्टले खेलेको भूमिकाको प्रशंसा गरे । यसैगरी जेटीयूसीसी महिला कमिटी संयोजक सुधा दहालले जेटीयूसीसी गठन हुनु पूर्व जिफन्ट र नेपाल ट्रड यूनियन काँग्रेसबीचको सहकार्यबाट प्राप्त उपलव्धीहरुको चर्चा गर्दै यूनियनहरुको सहकार्यले महत्वपूर्ण सफलता मिलेको धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL