Logo

श्रम मन्त्रीले भने, ‘नीतिगत समस्याले सुचना प्रविधिमा रोजगारी सिर्जना हुन सकेन’

श्रम मन्त्रीले भने, ‘नीतिगत समस्याले सुचना प्रविधिमा रोजगारी सिर्जना हुन सकेन’



काठमाडौं । श्रम रोजगार तथा रोजगार मन्त्री गोकर्ण बिष्टले नीतिगत समस्याका कारण सुचना प्रविधि क्षेत्रमा नयाँ कम्पनी स्थापना गरेर रोजगारी सिर्जना गर्न नसकिएको जानकारी दिए । आज आयोजित आईसिटीमा रोजगारीको अवसरको त्रिपक्षिय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले रोजगारी सिर्जना गर्ने उद्योगहरु ल्याउन तथा स्थापना गर्नका लागि सहजता प्रदान गर्न उचित नीतिनियम ल्याउन लागिएको समेत जानकारी दिए । ‘ आईसिटी क्षेत्रमा रोजगारीको सिर्जना गर्न सक्ने धेरै नै सम्भावना भएपति सोहिअनुसार कम्पनी संचालन तथा स्थापना गर्न अप्ठ्यारो भएकाले कम्पनीहरु आउन नसकेका छैनन,’ उनले भने, ‘हाम्रो देशकै स्रोत तथा साधनको भरपुर उपयोग गर्दे नेपालमै रोजगारीको सिर्जना गर्न जरुरी छ ।’

कार्यक्रममा बोल्दै उनले आईसिटी क्षेत्र लाखौ रोजगार सिर्जना गर्ने र विशाल औधोगिक क्षेत्र भएको भन्दै आउँदो बर्षको बजेटमा सरकारले रोजगारी सिर्जना गरेको आभास दिलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

साथै बैदेशिक रोजगारीमा जाने जनशक्तीलाई आफ्नै देशमा रोजगार दिलाउने सरकारको योजना रहेकाले पनि रोजगार सिर्जना गर्नका लागि लागि परेको उनको भनाई थियो ।

नेपालमा आईसीटी अर्थात सुचना तथा संचार क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्न विभिन्न किसिमका समस्याहरु रहेको प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले जानकारी दिए । यस क्षेत्रमा रोजगारीको सिर्जना गर्न उद्योग तथा कम्पनीहरु भित्र्याउन जोड दिनु आवश्यक रहेको उनको भनाई थियो । यस्तै उनले नेपालमा यस क्षेत्रका प्रविधिमुलक उद्योग तथा कम्पनीहरु भित्र्याउनका लागि यस क्षेत्रको लागि उचित निती, उद्योग स्थापनाको सहजता आदि कुराको लागि सही उपयोगी कार्यान्वयन हुनुपर्ने बताएका छन ।

कार्यक्रममा बोल्दै उद्योग विभागका महानिर्देशक विनोदप्रकास सिंहले हालसम्म अघिल्लो आर्थिक बर्षदेखि यो बर्षको कार्तिक सम्म नेपालमा ७ हजार ७ सय २३ ओटा उद्योग दर्ता भएपनि आईसिटी क्षेत्रका भने जम्मा ४४ ओटा उद्योग दर्ता भएका जानकारी दिए ।

उनले यस क्षेत्रका ४४ ओटा उद्योगमार्पmत जम्मा २ हजार २ सय ५६ जनाले रोजगारी पाएको र सो क्षेत्रको विकासका लागि सरकारले ल्याएका विभिन्न नीतिनियम सही ढङगले कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL