Logo

३८ सय जनालाई नेपाली सेनामा रोजगारीको अवसर, कुन पदमा दिने आवेदन ?

३८ सय जनालाई नेपाली सेनामा रोजगारीको अवसर, कुन पदमा दिने आवेदन ?



काठमाडौं । नेपाली सेनाले साढे ३८ सय जनाको लागि आवेदन खुला गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले ३ हजार ८ सय ६८ पदका लागि आवेदन मागेको हो ।

सेनाको शाखाले लेखा जमदार कर्मचारी,सहायक पण्डित हुद्दा, अमलदार कर्मचारी,सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा विभिन्न ट्रेडका फलोवर्स पदका लागि १४ स्थानबाट आवेदन दिन दरखास्त आव्हान गरेको हो ।

आवेदन दिने मिती मंसिर २४ गतेसम्म भएपनि डबल दस्तुर तिरेर पुस २ सम्म पनि आवेदन दिन मिल्ने जानकारी सेनाले दिएको छ । नेपाली सेनाका जंगी अड्डा, इटहरी, धनकुटा, धनुषा, बारा, हेटौंडा, सिन्धुली, उपत्यका पृतना नारायणहिटी, पोखरा, बाग्लुङ, रूपन्देही, नेपालगञ्ज, दाङ, सुर्खेत, जुम्ला र दीपायल कार्यालयबाट उक्त आवेदन भर्न पाईने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL