Logo

३७ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, ३ महिनामा भित्रियो २४२ अर्ब

३७ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, ३ महिनामा भित्रियो २४२ अर्ब



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ३ महिनामा रेमिटान्स आप्रवाह ३७ प्रतिशतले बढेको छ । गत आबको पहिलो ३ महिनामा रेमिटान्स आप्रवाह २ दशमलव ५ प्रतिशत रहेकोमा चालू आबमा आप्रबाह बढेको हो ।

पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएपनि अमेरिकी डलरको मूल्यमा भएको वृद्धिसँगै नेपाल भित्रने रेमिटान्स उच्च रुपमा बढ्न पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको ३ महिनामा २ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको छ ।

तथ्याङ्क अनुसार सो अबधिमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा ३६ दशमलव ७ प्रतिशतले गिरावट आएको छ । अघिल्लो आबमा विदेश जाने कामदारको संख्यामा २ दशमलव ६ प्रतिशतले मात्र गिरावट आएको थियो । तर, नेपाली कामदारको प्रमुख गन्तव्वय मलेशियाको रोजगारीमा जानका लागि श्रम मन्त्री गोकर्ण विष्टले रोक लगाएसँगै वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL