Logo

प्रहरी बन्ने ‘बम्पर’ अवसर, इन्सपेक्टरसहित एकैपटक ७ हजारभन्दा बढी प्रहरी माग(सबै विवरणसहित)

प्रहरी बन्ने ‘बम्पर’ अवसर, इन्सपेक्टरसहित एकैपटक ७ हजारभन्दा बढी प्रहरी माग(सबै विवरणसहित)



काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदमा एकै पटक ७ हजारभन्दा बढी प्रहरी माग गरेको छ । नेपाल प्रहरीको मानवश्रोत विकास विभागले सोमबार एक सूचना प्रकाशित गर्दै प्रहरी, निरिक्षक, प्रहरी सहायक निरिक्षक(असई), प्रहरी जवान, प्रहरी कार्यालय सहयोगी अन्तर्गत हजाम, भान्छे, सिलाई/बुनाई, कुचिकार, मोचि र खेलाडी गरी सात हजार २ सय २६ पदका लागि लागि आवेदन माग गरेको छ ।

काठमाडौंसहित सबै प्रदेशस्थित प्रदेश प्रहरी कार्यालयमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । सूचना अनुसार प्रहरी निरिक्षक तर्फ १०८ र सईतपर्फ ५ सय २४ प्रहरी माग गरिएको छ । त्यस्तै ६,२४४ जना प्रहरी जवान, ३२० जना भान्छे, १५ जना हजाम, १२ जना सिलाई, १४ जना कुचिकार, ९ जना मोचि र ३० जना खेलाडी माग गरिएको छ ।

सबै पदका लागि सम्बन्धित प्रहरी कार्यालयबाट असोज १८ गतेदेखि कात्तिक २९ गतेसम्म फारम उपलब्ध हुनेछ ।
                                                                                                                                                           (स्रोत : गोरखापत्र)

प्रतिक्रिया दिनुहोस्
MBL