Logo

वैदेशिक रोजगार फोरमको अध्यक्षमा हंशराज बिजयी, भन्छन्, ‘व्यवसाय सिध्याउन खोज्ने मन्त्री र एजेन्टको भण्डाफोर गर्नेछु’

वैदेशिक रोजगार फोरमको अध्यक्षमा हंशराज बिजयी, भन्छन्, ‘व्यवसाय सिध्याउन खोज्ने मन्त्री र एजेन्टको भण्डाफोर गर्नेछु’



काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमको अध्यक्षमा हंशराज वाग्ले बिजयी भएका छन् । फोरमको आईतबार भएको निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वी नरेन्द्र ढकाललाई १६ मतले पाराजित गरेका हुन् । वाग्लेले ९१ मत ल्याउँदा ढकालले ७५ मत प्राप्त गरेका थिए ।

यसैगरी फोरमको वरिष्ठ उपाध्यक्षमा सुजितकुरमा श्रेष्ठ, उपाध्यक्षमा किशोरकुमार केसी निर्वाचित हुँदा महासविचमा तारानाथ अर्याल बिजयी भए ।

यसैगरी सचिवमा पुष्पराज न्यौपाने, कोषध्यक्षमा कमल काफ्ले र सहकोषाध्यक्षमा मनसुन काजी क्षेत्री बिजयी भए ।

त्यस्तै सदस्यहरुमा संजय पनेरु, मेघनाथ भुर्तेल, हेमा गुरुङ, कृष्णकुमार जैसी, प्रकाश बोहोरा, बाबुलाल बोहोरा, कर्णराज कटुवाल, शिशिर विष्ट, देवकुमार गोर्खाली र शैलेश कार्की बिजयी भएका छन् ।

फोरमको नवनिर्वाचित अध्यक्ष वाग्लेले अबका दिनमा नेपाल वैदेशिक रोजगारी र यस व्यवसायमा संलग्न व्यवसायीको सुरक्षाका लागि आफु लागिपर्ने बताएका छन् । ‘अहिले वैदेशिक रोजगार व्यवसायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र तीनका एजेण्ट लागी परेका छन्,’ उनले भने, ‘अब मेरो जिम्मेवारी भनेको तिनको भण्डाफोर गरी व्यवसायीको रक्षा गर्ने हो ।’

अहिले वैदेशिक रोजगारमा सिण्डिकेट ल्याउन विशेषगरी पूर्व सचिव पूर्णचन्द्र भट्टराई, उदयराज पाण्डे र डा. गणेश गुरुङ बढी सक्रिय भएको र उनीहरुलाई संघका अहिलेका अध्यक्ष रोहन गुरुङ र लोकतान्त्रिक फोरमका केही ठूला भनाउदा व्यवसायीहरु नै सहयोग गर्न लागि परेको उनको आरोप थियो । साथै मन्त्रीको नजिक रहेर काम गर्दै आएका भट्टराई, पाण्डे र गुरुङले सिमिति ठूला भनौदा व्यवसायीसँग ठूलो मात्रामा पैसा लिएर सिण्डिकेट लागू गर्दै व्यवसायी सिध्याउने खेलमा लागेको समेत उनको दावी थियो ।

देशको अर्थतन्त्र जोगाउँदै आएको वैदेशिक रोजगारीलाई सिध्याउन स्वय मन्त्री र तिनका केही एजेन्टहरु लागिपरेको उनको आरोप थियो । साथै उक्त कार्यमा संघका अध्यक्ष गुरुङ र फोरमका केही व्यवसायीहरुले सहयोग गरेको समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL