Logo

नेपाली सेनाले माग्यो एकै पटक २ सय अधिकृत, यस्ता छन् मापदण्ड

नेपाली सेनाले माग्यो एकै पटक २ सय अधिकृत, यस्ता छन् मापदण्ड



काठमाडौं । नेपाली सेनाले २ सय जना अधिकृत (क्याडेड) का लागि दरखास्त आब्हान गरेको छ । सेनाले खुला तथा समावेशी रुपमा पदपूर्तिमार्फत उक्त दरखास्त आब्हान गरेको हो ।

सेनाले सुचना प्रकाशित गर्दै खुलातर्फ १ सय १० जना क्याडेड माग गरेको छ भने समावेशी अन्तर्गत महिला १८, आदिवासी जनजाति २९, मधेशी २५, दलित १४, पिछडिएको क्षेत्रका लागि ४ जना माग गरेको छ ।

उक्त पदमा आवेदन दिनका लागि न्युनतम प्रवीणता प्रमाणपत्र वा सो सरह अध्ययन गरेको हुनुपर्ने छ । साथै १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको नेपालीले उक्त पदका लागि आवेदन दिन सक्नेछन् । तर, स्नातक उत्तीर्ण उम्मेदवारले भने १८ वर्ष पूरा भई २४ वर्ष भित्र सम्मकाले आवेदन दिन सक्नेछन् ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय भद्रकाली र सबै क्षेत्रीय पृतनाहरुमा दरखास्त दिन सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL