Logo

मलेसिया जाने कामदारलाई सरकारको राहत, भिसा स्ट्याम्पिङ भएका कामदार रोजगारीमा जान पाउने

मलेसिया जाने कामदारलाई सरकारको राहत, भिसा स्ट्याम्पिङ भएका कामदार रोजगारीमा जान पाउने



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको भिसा स्ट्याम्पिङ भएका नेपाली कामदारलाई रोजगारीमा जान बाटो खुला गरिदिएको छ ।

नेपाल सरकारले मलेसियाको रोजगारीमा नेपाली कामदार पठाउने नाममा सिण्डिकेट गर्दै आएका संस्था खारेज गर्नुपूर्व भिसा स्ट्याम्पिङ गरेर बसेका नेपाली कामदारलाई मलेसियाको रोजगारीमा जान कानुनी रुपमा बाटो खुला गरिदिएको हो ।

मन्त्रालयको निर्णय अनुसार २०७५ जेठ २ गतेसम्म भिसा स्ट्याम्पिङ भएका कामदारहरु मलेसियाको रोजगारीमा जान पाउनेछन् । सो अबधिसम्म भिसा स्ट्याम्पिङ भएर आएका पासपोर्टमा अन्तिम श्रम स्वीकृति प्रदान गरिने मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

यस अघि मलेसियाको रोजगारीमा कामदार पठाउने नाममा अबैध रुपमा शोषण गर्दै आएका वान स्टप सेन्टर, बायोमेट्रिक, माइग्राम, जिएसजी, भिएलएनआदिलाई बन्द गराएसँगै मलेसियाको रोजगारीमा नेपाली कामदार पठाउनका लागि दुईदेशबीच कुटनीतिक पहल भइरहेको र केही समयभित्रै टुङ्गो लाग्ने समेत मन्त्रालयले जानकारी दिएको छ ।

हाल सरकारले अबैध रुपमा कामदार ठगेको आरोपमा ३४ वटा संस्थाका ४४ जनालाई पक्राउ गरी ३ अर्ब १० करोड ५५ लाख रुपैयाँ विगो दावी सहित मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL