Logo

श्रमिकलाई अब बैंक खाताबाट मात्रै पारिश्रमिक, यस्तो छ नयाँ व्यवस्था

श्रमिकलाई अब बैंक खाताबाट मात्रै पारिश्रमिक, यस्तो छ नयाँ व्यवस्था



काठमाडौं । उद्योगी व्यवसायीले अबका दिनमा श्रमिकलाई बैंक खातामार्फत तलब भुक्तानी गर्नुपर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा कर्मचारीको पारिश्रमिक तथा वित्तीय सुविधा बैंक खातामार्फत भुक्तानी गर्ने प्रस्ताव पास गरेसँगै यो नियम लागू हुने भएको हो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकहरुको पारिश्रमिक बैंक खाताबाटै भुक्तानी गर्नुपर्ने आवाज उठेको थियो । उक्त व्यवस्थालाई आज बसेको मन्त्रिपरिषदको बैंठकले पारित गरेपछि श्रमिकहरुले बैंक खाताबाटै भुक्तानी पाउने भएका हुन् ।

यो व्यवस्था लागू भएसँगै नेपाल सरकारका मातहतका सबै नियमन निकाय, पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान लगायतका संस्थाहरुले १ गते देखी प्रक्रिया सुरु गरी असोज मसान्तसम्म अनिवार्य रूपमा श्रमिकलाई बैंकखाता मार्फत भुक्तानीको ब्यवस्था गर्नु पर्नेछ ।

यस्तै बैंक, वित्तीय संस्था, बिमा कम्पनी, होटल, एयरलाइन्स, ट्राभल एजेन्सी लगायत सेवा उद्योग, तथा कानुन बमोजिम दर्ता भएका गैरसरकारी सघंसंस्था लगायतले भने कर्मचारीलाई पौष मसान्तभित्र बैंक खातामार्फत भुक्तानीको व्यवस्था मिलाउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL