Logo

तोकियो श्रमिकको पारिश्रमिक, मासिक न्युनतम तलब १३४५०

तोकियो श्रमिकको पारिश्रमिक, मासिक न्युनतम तलब १३४५०



काठमाठौं । उद्योगी व्यवसायी र मजदूरबीचको सामुहिक सौदावाजीमा न्युनतम पारिश्रमिक निर्धारण भएको छ ।

उद्योगी व्यवसायीको संगठन र मजदूर संगठनबीच आज भएको बैंठकले उद्योग प्रतिष्ठानमा काम गर्ने मजदूरको न्युनतम पारिश्रमिक निर्धारण गरेको हो । यससँगै अबका दिनमा श्रमिकको न्युनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँ पुगेको छ । यस अघि श्रमिकले मासिक न्युनतम पारिश्रमिक ९ हजार ७ सय रुपैयाँ पाउँदै आएका थिए ।

लामो समयको छलफल पश्चात आज न्युनतम पारिश्रमिक निर्धारणमा सहमति जुटेको नेपाल उद्योग बाणिज्य महासंघ रोजगारदाता परिषद्का सभापति चन्द्रप्रकाश ढकालले जानकारी दिए । ‘विभिन्न मजदूर संगठन तथा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत विभिन्न संघसंगठनको संयुक्त छलफलबाट न्युनतम पारिश्रमिक निर्धारण गरेका हौं,’ उनले भने ।

सहमति अनुसार बढेको ३ हजार ७ सय रुपैयाँमध्ये २ हजार २ स य ५० रुपैयाँ मौजुदा तलबमा बृद्धि हुनेछ भने १ हजार ५ सय रुपैयाँ भत्ता हुनेछ । उक्त पारिश्रमिक साउन १ गतेदेखि कार्यान्वयनमा आउने छ । सो सम्बन्धमा विस्तृत जानकारी दिनको लागि केहीबेरमा श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका पत्रकार सम्मेलन रहेको समेत ढकालले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL