Logo

बीएस कन्सलटेन्सीका संचालक सिवाकोटी पक्राउ, युरोप पठाउने भन्दै यसरी ठगे कामदार

बीएस कन्सलटेन्सीका संचालक सिवाकोटी पक्राउ, युरोप पठाउने भन्दै यसरी ठगे कामदार



काठमाडौं । यूरापियन क्रुस तथा ग्रीसमा काम लगाई दिने प्रलोभनमा टर्की पुर्याई नेपाली कामदार अलपत्र पार्ने बीएस कन्सलटेन्सीका संचालक विष्णु सिवाकोटी पक्राउ परेका छन ।

संचालक सिवाकोटीलाई प्रहरीले वीरअस्पताल मार्ग काठमाडौंबाट आईतबार पक्राउ गरेको हो । सिवाकोटीले राम्रो काम लगाई दिने भन्दै प्रति ब्यक्ति ६ लाख ५० हजार रुपैयाँ सम्म ठगी गरेको प्रहरी उपरीक्षक कृष्णहरी शर्माले जानकारी दिए ।

निजहरुले टर्की पुगे पछि टेम्पोररी रेसिडेन्स कार्ड (टीआरसी) पाउने, अष्ट्रेलिया तथा क्यानाडा जान मिल्ने र पछि परिवारलाई समेत लान मिल्ने प्रलोभन देखाई ठग्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार पिडितहरुलाई प्रति महिना ७ सय ५० अमेरिकी डलर तलब हुने भन्दै ठगेको र टर्की पुर्याई अलपत्र पारेको भन्दै मानव बेचविखन तथा ओसारपसारमा जेठ २३ गते ठगी मुद्दा दायर गरेको थियो ।

सोही अनुसन्धानको क्रममा प्रहरीले सिवाकोटीलाई आईतबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL