Logo

कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित, कोटाभन्दा ९ सय बढी उत्तीर्ण, यसरी हेर्नुहोस नतिजा

कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित, कोटाभन्दा ९ सय बढी उत्तीर्ण, यसरी हेर्नुहोस नतिजा



काठमाडौं । कोरियन भाषा परिक्षाको नतिजा आज प्रकाशित भएको छ । सन् २०१९को लागि लिइएको उक्त परिक्षाको नतिजा कोरिया शाखाले आज प्रकाशित गरेको हो । शाखाले गत जेठ २६ र २७ गते उक्त भाषाको परिक्षा लिएको थियो ।

शाखाका अनुसार यो बर्ष कोरियाले ७ हजार १ सय कामदारको कोटा दिएकोमा ७ हजार ९ सय ९६ जना भाषामा उत्तीर्ण भएका छन ।
यो भनेको माग भन्दा झन्डै ९ सय जनाले बढी हो । शाखाका अनुसार कृषिमा २ हजार ९ सय ६८ जना र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका हुन ।

परिक्षार्थीहरुले आफ्नो नतिजा थाहा पाउन ईपीएस शाखा कार्यलयको वेबसाईट, वैदेशिक रोजगार विभागको वेबसाईट, श्रम तथा रोजगार मन्त्रालयको वेबसाईट तथा एचआरडि कोरियाको वेबसाइटमा हेर्न सकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL