Logo

रेमिटान्स भित्र्याउने मुलुकमा भारत आईपुग्यो अगाडि, कहाँ गयो मलेशिया र युएईबाट आउने पैसा

रेमिटान्स भित्र्याउने मुलुकमा भारत आईपुग्यो अगाडि, कहाँ गयो मलेशिया र युएईबाट आउने पैसा



काठमाडौं । पछिल्लो समय नेपालमा रेमिटान्स भित्रन् स्रोत मुलुकमा भारत अगाडि आएको छ । केही बर्षअघिसम्म भारतबाट वैधानिक प्रणालीमार्फत नगन्यमात्रामा रेमिटान्स भित्र्ने गरेकोमा पछिल्लो समय उच्च रुपमा बढेको हो ।

चालू आर्थिक बर्षमा नेपालमा रेमिटान्स भित्रने स्रोत मुलुकमा भारत दोस्रो नम्बरमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पहिलो नम्बरमा साउदी अरब रहेको छ भने दोस्रो नम्बरमा भारत आइपुगेको छ । आब २०७२-७३ मा पाँचौं स्थानमा रहेको भारत चालू आबको १० महिनासम्म आईपुग्दा दोस्रो स्थानमा आईपुगेको हो । सो आबमा क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेको कतार, संयुक्त अरब ईमिरेट्स र मलेशिया पछाडि धलेकिएका छन् ।

चालू आबको १० महिनामा विभिन्न देशबाट नेपालमा कुल ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ रेमिटान्स भित्रिएको छ । जसमध्ये १३ दशमलव ६ प्रतिशत हिस्सा अर्थात ८२ अर्ब ७७ करोड रुपैयाँ साउदी अरबबाट भित्रिएको छ । दोस्रो स्थानमा रहेको भारतबाट पनि कुल रेमिटान्सको १३ दशमलव ६ प्रतिशत अर्थात ८२ अर्ब ३२ करोड रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको छ ।

यस्तै अघिल्ला बर्षका दोस्रो तेस्रो स्थानमा रहेको कतार, युएई तथा मलेशियाबाट प्राप्त हुने रेमिटान्सको हिस्सामा भने उल्लेख्य गिरावट आएको छ । सो अबधिमा कतारबाट ६८ अर्ब ८१ करोड रुपैयाँ रेमिटान्स भित्रिएको छ भने नेपाली कामदारको मुख्य गन्तव्य मुलुक मलेशियाबाट भने कुल रेमिटान्सको १० दशमलव ३ प्रतिशत हिस्सा अर्थात ६२ अर्ब ३५ करोड रुपैयाँ मात्र आएको छ । यसैगरी अर्को प्रमुख गन्तव्य मुलुक युएईबाट पनि ६१ अर्ब ५९ करोड रुपैयाँ रेमिटान्स भित्रिएको छ ।

पछिल्लो सयम भारतबाट नेपाली रेमिटान्स कम्पनी तथा बैंकहरुले बैधानिक प्रणालीबाट रेमिटान्स भित्र्याउन थालेसँगै सो हिस्सा बढेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘केही समय अघिसम्म भारतको रोजगारीमा जाने नेपाली कामदारले नेपाल फर्कने आफन्त वा आफु फर्कदा आफुले कमाएको पैसा साथमा बोकेर आउथे,’ सम्बद्ध स्रोतले भन्यो, ‘तर अहिले नेपाली बैंक वित्तीय संस्थाको पहुँच पुगेकाले आफुले कमाएको पैसा बैंकिङ प्रणालीमार्फत मासिक रुपमा पढाउने चलन बढेको छ ।’

तर, मलेशिया तथा युएई लगायतका मुलुकमा भने पछिल्लो समय हुण्डी व्यवसाय मौलाएकाले नेपाल भित्र्ने रेमिटान्सको हिस्सा घटेको एक उच्च अधिकारीले जानकारी दिए । ‘वैदेशिक रोजगारीको तथ्याङ्क हेर्ने हो भने मलेशियालगायत खाडी मुलुकको रोजगारीमा जाने कामदारको संख्या उच्च छ तर नेपाल भित्र्ने रेमिटान्स भने क्रमश घट्दै गएको छ,’ उनले भने, ‘रोजगारीमा जाने कामदारको संख्यामा बृद्धि तथा स्रोत मुलुकले पनि आप्रवासी कामदारको ज्यालामा बृद्धि गदा देशमा भित्र्ने रेमिटान्स घट्नुमा हुण्डी प्रमुख कारण हो ।’

विशेषगरी मलेशिया तथा युएईबाट बढि पैसा सुन तस्कतरीका लागि हङ्कङ जाने भएकाले पनि नेपाल भित्रने रकमा गिरावट आएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘अहिले दलालहरुले सम्बन्धित देशबाट कामदारसँग पैसा संकलन गरेर उतैबाट सुन खरिदमा लगाउँछन् भने नेपालमा रहेका आफन्तलाई नेपालकै पैसा भुक्तानी गर्छन,’ उक्त स्रोतले भन्यो, ‘पछिल्लो समय केही रेमिट कम्पनी पनि हुण्डी कारोबारमा संलग्न भएकाले त्यस्ता देशबाट नेपाल भित्रन् रेमिटान्समा गिरावट आएको हो ।’ विशेषगरी मलेशिया तथा युईमा नेपालीले कमाएको पैसा नेपालमा बैधानिक च्यानलबाट भित्रनुभन्दा पनि सुन तस्करले प्रयोग गर्ने गरेको उक्त स्रोतको दाबी थियो ।

नेपालमा बढि रेमिटान्स भित्रने छैठौं स्थानमा जापान रहेको छ । जापानमा नेपाली विद्यार्थी पढ्न जाने क्रम बढेसँगै देशमा भित्र्ने रेमिटान्समा पनि बृद्धि भएको हा । चालू आबको १० महिनामा जापानबाट ४४ अर्ब ४४ करोड रुपैयाँ रेमिटान्स भित्रिएको छ भने सातौ स्थानमा रहेको बहराईनबाट १६ अर्ब ७३ करोड रुपैयाँ रेमिटान्स नेपाल आएको छ ।

यसैगरी सरकारले नै रोजगारीमा पठाउँदै आएको नेपाली कामदारको आकर्षक गन्तव्य कोरिया भने नवौं स्थानमा रहेको छ । सो अबधिमा कोरियाबाट १२ अर्ब रुपैयाँमात्र रेमिटान्स भित्रिएको छ । कोरियामा नेपाली कामदारको आम्दानी उच्च भएपनि हुण्डीलगायत अबैधानिक च्यानलबाट पैसा भित्रदा बैंधानिक प्रणालीबाट आउने रकम न्युन भएको हो । पछिल्लो समय नेपालका बैंक वित्तीय संस्थाले कोरियाका रेमिट कम्पनीसँग नेपालमा रेमिटान्स भित्र्याउन सहकार्य गरेसँगै बैधानिक प्रणालीबाट आउने क्रम बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL