Logo

निर्माण र उद्योगमा काम गर्न नेपाली कामदार विदेशिने क्रम बढ्दो, प्राविधिक पदमा न्युन

निर्माण र उद्योगमा काम गर्न नेपाली कामदार विदेशिने क्रम बढ्दो, प्राविधिक पदमा न्युन



काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारमध्ये प्रायःजसो निर्माण र उद्योग क्षेत्रका कामका लागि जाने गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको सर्बेक्षण अनुसार नेपालबाट रोजगारीमा जाने कामदारमध्ये २१ प्रतिशतभन्दा बढि निर्माणका क्षेत्रका काममा जाने गरेको पाइएको छ ।

यसैगरी दोस्रो बढि कामदार उद्योग क्षेत्रको रोजगारीमा जान गरेका छन् । सो क्षेत्रको रोजगारीमा कुल कामदारको १७ दशमलव ३ प्रतिशत कामदार बाहिरिएका छन् । यसैगरी होटलमा ९ दशमलव ३ प्रतिशत, कार्पेन्टरमा ८ दशमलव ३ प्रतिशत र सेक्युरिटी गार्डका लागि ७ प्रतिशत वैदेशिक रोजगारीमा गएको तथ्याङ्कले देखाएको छ ।

यसैगरी (क्लिनर, घरायसी कामदार) को लागि १६ दशमलव ६ प्रतिशत कामदार बाहिरिएका देखिन्छन् । देशगत रुपमा साउदी अरब र कतारमा निर्माण क्षेत्रमा, मलेसियामा उद्योगमा र सेक्युरिटी गार्डमा बढी कामदार गएका छन् ।

यसैगरी देशगत रुपमा मलेशिया प्रमुख गन्तव्यको रुपमा रहेको सर्वेक्षणले देखाएको छ । राष्ट्र बैंकले गरेको नमुना सर्वेक्ष अनुसार २८ शदमलव ८ प्रतिशत मलेसिया, २३ दशमलव ३ प्रतिशत कतार, १६ दशमलव ९ प्रतिशत साउदी अरब, १५ शदमलव ३ प्रतिशत संयुक्त अरब ईमिरेट्स (युएई)को रोजगारीमा पुगेका छन् । यसैगरी, १२ दशमलव ८ प्रतिशत कुवेत, १ दशमलव ९ प्रतिशत ओमान र १ प्रतिशत बहराईनको रोजगारीमा पुगेको उक्त सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL