Logo

राष्ट्र बैंकले भन्यो, कार्यान्यनमा आएन फ्रि भिसा फ्रि टिकट, अधिकांश कामदार बढि रकम तिरेर रोजगारीमा

राष्ट्र बैंकले भन्यो, कार्यान्यनमा आएन फ्रि भिसा फ्रि टिकट, अधिकांश कामदार बढि रकम तिरेर रोजगारीमा



काठमाडौं । सरकारले वेदैशिक रोजगारीमा जाने कामदारको लागि फ्रि भिसा फ्रि टिकटको नीति अबलम्बन गरेपनि रोजगारीमा जाने कामदार भने सो सुविधाबाट वञ्चित भएका छन् । सरकारले मेलिशयालगायत खाडी मुलुकको रोजगारीमा जानका लागि फ्रि भिसा फ्रि टिकट लागू गर्दै कामदारसँग अधिकतम १० हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेपनि म्यानपावर कम्पनीले ५० हजार रुपैयाँभन्दा बढि लिँदै आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।

बढि रकम नतिरी म्यानपावर कम्पनीले नपठाउने, एक व्यक्ति नगए अर्को व्यक्ति बढि रकम तिरेर रोजगारी जाने, बढि रकम तिरेपनि १० हजार रुपैयाँको मात्र रसिद दिने, रोजगारीमा जाने कामदारलाई निशुल्क टिकट तथा भिसाको वारेमा जानकारी नदिनेजस्ता कारणले गर्दा सरकारले अबलम्बन गरेको फ्रि भिसा फ्रि टिकट कार्र्यान्वयनमा आउने नसकेको अध्ययनले देखाएको छ ।

नेपाल सरकारले फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागू गरेसँगै रोजगारदाता मुलुकले अन्य देशबाट कामदार लैजाने क्रम बढेको समेत उक्त प्रतिवेदनले औल्याएको छ । जसका कारण सो व्यवस्था पछि नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम समेत घटेको तथ्याङ्कमा उल्लेख छ ।
अहिलेको अवस्थामा वेदेशिक रोजगारीमा जाने कामदारको संख्या उच्च रहेपनि सरकारले नयाँ यवस्थासँग सो क्रम ओरालो लागेको छ ।

तथ्याङ्क अनुसार आर्थिक फ्रि भिसा फ्रि टिकटको व्यवस्थासँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा करिब २० प्रतिगतको गिरावट आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL