Logo

४३ लाख युवायुवती वैदेशिक रोजगारीमा, अदक्ष कामदारको हिस्सा उच्च

४३ लाख युवायुवती वैदेशिक रोजगारीमा, अदक्ष कामदारको हिस्सा उच्च



काठमाडौं । नेपालबाट हालसम्म ४३  लाख युवा वैदेशिक रोजगारीमा गएका छन् । औपचारिक तथा अनौपचारिक माध्यमबाट ४३  लाखभन्दा बढि युवायुवती बैदेशिक रोजगारीमा गएका हुन ।

सरकारले संस्थागत रुपमा बैदेशिक रोजगारीमा जानका लागि कानुनी रुपमा १ सय १० वटा देशमा खुल्ला गएको छ । तर, व्यक्तिगत रुपमा भने १ सय ६७ भन्दा बढि देशमा रोजगारीमा लागि जान खुल्ला गरिएको छ ।

बैदेशिक रोजगारीमा जाने युवाहरुमा अधिकांश भने विना शीप नै रोजगारीमा गएको तथ्याङकले देखाएको छ । तथ्याङक अनुसार वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमध्ये १ दशमलव ५ प्रतिशत दक्ष, २४ प्रतिशत अर्ध दक्ष र ७४ दशमलब ५ प्रतिशत युवा भने अदक्ष रहेको छ ।
पछिल्लो तथ्याङक अनुसार नेपालमा करिब २ दशमलव ३ प्रतिशत युवा वेरोजगार रहेका छन भने अर्ध वेरोजगारको दर ३० प्रतिशत रहेको वैदेशिक रोजगार विभागका सुचना अधिकारी उद्धबप्रसाद रिजालले जानकारी दिए ।

आव २०७३÷७४ सम्मा बैदेशिक रोजगारीमा जानेको संख्या ४० लाख ३ हजार ४ सय ७४ जना रहेको छ । जस मध्ये ३८ लाख २८ हजार १ सय ७२ जना पुरुष रहेका छन भने १ लाख ७५ हजार ३ सय २ जना महिला रहेका छन ।

श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जानेको संख्या आव २०७३÷७४ को १० महिनामा ३ लाख ३४ हजार ९ सय ९२ जना रहेको थियो भने चालु आवको सोही अवधिमा ३ लाख १५ हजार १३ जना रहेको छ ।

त्यसतै २०७३÷७४ को १० महिनामा पुन श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा जानेको संख्या २ लाख २५ हजार ४४ जना रहेको छ भने चालु आवको सोही अवधिमा २ लाख १९ हजार ९ सय ९६ जना रहेको छ ।

चालु आवको प्रथम १० महिनामा बैदेशिक रोजगारीमा जाने देशहरुमा कतारमा सबै भन्दा बढी गएको तथ्याङकमा उल्लेख छ । कतारमा मात्रै चालु आवको १० महिनामा ८८ हजार ७ सय ४७ जना गएको तथ्याङमा उल्लेख छ ।

गत आवमा बैदेशिक रोजगारीमा मृत्यु भएका ७ सय ५५ जनाको परिवारलाई आर्थिक सहयाता रकम उपलब्ध गराएकोमा चालु आवको प्रथम ८ महिनामा सो संख्या ५ सय ५२ रहेको छ ।

बैदेशिक रोजगारीमा मृत्यु हुनेको संख्या २०७०÷७१ मा ८ सय ६७ जना, २०७१÷७२ मा २ हजार १ सय ७९ जना, २०७२÷७३ मा २ हजार २ सय २० जना, २०७३÷७४ मा २ हजार २ सय ८८ जना र २०७४÷७५ मा २ हजार ८ सय १४ जना रहेको तथ्याङकमा उल्लेख छ ।

यसरी बैदेशिक रोजगारीमा जानेको संख्या कम देखिए पनि मृत्युहुोको संख्या भने क्रमिक रुपमा बढदै गईरहेको तथ्याङकमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL