Logo

शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म कर्जा, विदेशबाट फर्केर आएकालाई १० लाख

शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म कर्जा, विदेशबाट फर्केर आएकालाई १० लाख



काठमाडौं । सरकारले शैक्षिक प्रमाण धितो राखेर कर्जा उपलब्ध गराउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै स्वदेशमै उद्यम गर्न चाहनेलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने भएको छ ।

सरकारले नेपालमा उद्यम गर्न चाहने नेपाली युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने उद्घोष गरेको छ ।

यसैगरी सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीलाई शिपको आधारमा उद्यम गर्न चाहेमा १० लाख रुपैयाँ कर्जा उपलब्ध गराईने भएको छ ।

तर, यसरी प्रदान गरिने कर्जाको अनिवार्य रुपमा कर्जा सुरक्षण गराईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL