Logo

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, ५ बर्ष पछि वैदेशिक रोजगारीमा जाने नीतिको अन्त्य

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, ५ बर्ष पछि वैदेशिक रोजगारीमा जाने नीतिको अन्त्य



काठमाडौं । नेपाली कामदारहरु अबको ५ बर्ष भित्रमा वैदेशिक रोजगारीमा जान नपर्ने भएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै श्रम बजारमा आउने युवायुवतीहरुलाई अबको ५ बर्ष भित्र स्वदेशमै रोजगारी प्रदान गर्ने उद्घोष गरेको हो ।

सो कार्यका लागि सकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । सो कार्यक्रम मार्फत रोजगारीका अबसरको सम्भाव्यता पहिचान, रोजगारीका लागि व्यवसायीक शीप विकास गरी देशभित्रै रोजगारीका व्यापक अबसरहरु सिर्जना गरिने भएको छ । उक्त कार्यक्रम संचालनमा आएसँगै अबको ५ बर्षभित्र वैदेशिक रोजगारीमा जाने नीतिको अन्त्य गरिने समेत सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत उदेघोष गरेको छ ।

यसैगरी सरकारले समान काम र समान ज्यालाको नीति समेत कार्यान्वयमा ल्याउने भएको छ । हाल एउटै प्रकृतिका काममा महिला र पुरुषलाई फरक फरक ज्याला दिने गरेको गुनासो आईरहेको अवस्थामा अबका दिनमा समान काम समान ज्यालाको नीति कार्यान्वयन गर्न लागेको हो ।

सरकारले श्रमलाई सम्मानित र मर्यादित बनाउन मौजुदा श्रम कानुनलाई समेत परिमार्जन गर्ने भएको छ भने श्रम निरीक्षणलाई प्रभावकारी बनाइने छ । यसैगरी श्रम क्षेत्रमा आउने गुनासा र विवादलाई तत्काल समाधान गनै अर्धन्यायिक निकाय स्थापना गरिने भएको छ ।

सरकारले बालश्रमलाई निरुत्साहित गर्दै स्थानीय तहमा रोजगार सुचना केन्द्रको स्थापना गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL