Logo

सञ्चय कोषको प्रशासक गौतमले गरे पद बहाली, प्रशासन क्षेत्रमा २७ बर्षको अनुभव

सञ्चय कोषको प्रशासक गौतमले गरे पद बहाली, प्रशासन क्षेत्रमा २७ बर्षको अनुभव



काठमाडौं । नेपाल सरकारका सह–सचिव तुलसी प्रसाद गौतमले कर्मचारी सञ्चय कोषको प्रशासकको पद बहाली गरेका छन । गौतमलाई गत सोमबार प्रशासकमा नियुक्त गरिएको थियो ।

गौतमलाई कर्मचारी सञ्चय कोष ऐन, २०१० को दफा ६ क अनुसार आगामी ५ बर्षको लागि प्रशासकमा नियुक्त गरिएको हो । सह–सचिव गौतमलाई २०७५ बैशाख ५ को मन्त्री परिषदको बैठकले कोषको प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

गौतमले आगामी एक महिनाभित्र नेपाल सरकार, अर्थमंत्रालयसँग आगामी ५ वर्षका लागि सम्पादन गर्नुपर्ने कामको मापनयोग्य लक्ष्य र सूचकहरु सहितको कार्य सम्पादन सम्झौता गर्नुपर्ने छ ।

उनले नेपालको सार्वजनिक प्रशासनमा २७ वर्षदेखि नेपाल सरकारको विभिन्न जिम्मेवारीमा रही अनुभव प्राप्त गरेका छन ।

आफ्नो पद बहालीका क्रममा प्रशासक गौतमले कोषमा कार्यरत रहुञ्जेल सञ्चयकर्ताको उच्चतम हित र कोषको छवी उच्च राख्न तथा उच्चस्तरको सँस्थागत सुशासन कायम राख्ने प्रतिवद्धता जनाएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL