Logo

युवा स्वरोजगार कोषले बढायो लगानीको सीमा, उद्यम गर्न चाहेमा ५ लाख देखि १ करोडसम्म पाईने

युवा स्वरोजगार कोषले बढायो लगानीको सीमा, उद्यम गर्न चाहेमा ५ लाख देखि १ करोडसम्म पाईने



काठमाडौं । युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्न प्रतिव्यक्ति ५ लाख रुपैंयासम्म ऋण दिने भएको छ । कोषले यसअघि प्रतिव्यक्ति २ लाख रुपैंया दिने गरेकोमा त्यसलाई बृद्धि गर्दै ५ लाख रुपैंयासम्म ऋण प्रदान गरिएको कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेम दंगालले बताएका छन ।

कोषले युवालाई उद्यम, कृषि लगायतका स्वरोजगारमुखी व्यवसाय सञ्चालन गर्नका लागि सहुलितय दर (५ प्रतिशत ब्याज) मा ऋण प्रदान गर्दै आएको छ । पहिले २ लाख रुपैंया दिँदा बिना धितो ऋण दिने गरेकामा अहिले भने ५ लाखसम्मको ऋण धितोमा दिने भएको हो । ‘आजभन्दा १० वर्षअघि दिइने रकमले अहिलेको परिस्थितिमा व्यवसाय गर्न कठिन भएको छ, उनले भने, ‘त्यसैले महँगीअनुसार २ लाखदेखि ५ लाख रुपैंयासम्म ऋण प्रवाह गर्ने छौं ।’

कोषले गरिबी, पिछडिएका, सीमान्तकृत, कृषक मजदूरलगायतलाई स्वरोजगार बनाउनका लागि ऋण प्रवाह गर्ने उनले जानकारी दिए । यस्तै कोषले २० जना युवाको समूहलाई १ करोड रुपैंयासम्म सहुलियत दरमा ऋण प्रवाह गर्ने भएको छ ।

दंगालका अनुसार १ जनालाई ५ लाखको दरले १ करोड रुपैंयासम्म ऋण प्रवाह गर्ने छ । कुनै ठाउँका युवा समूहलाई उद्यम सञ्चालन गर्नका लागि १ करोड रुपैंयासम्म दिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL