Logo

कोरियन भाषाको आवेदन खुल्यो, २०१८ मा ७ हजार एक सय कामदार लैजाने

कोरियन भाषाको आवेदन खुल्यो, २०१८ मा ७ हजार एक सय कामदार लैजाने


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । आगामी जेठ २६ र २७ गते हुने कोरियन भाषा परिक्षाको लागि बिहिबार बाट आवेदन फारम खुलेको छ ।

भाषा परिक्षामा सहभागि हुन ईच्छुकले चैत १७ गते सम्म आवेदन फारम बुझाउन सक्ने वैदेशिक रोजगार विभाग अन्र्तगतको ईपीएस कोरिया शाखाले जनाएको छ । १८ देखी ३९ वर्ष सम्मका नेपाली नागरिकले आवेदन दिन सक्नेछन ।

आवेदनको क्रममा परिक्षार्थीले आवेदन दिन चाहेको स्थान छनोट गर्नु पर्ने शाखाले जनाएको छ । यस पटक काठमाडौँ र पोखराबाट परिक्षा दिन सक्ने व्यवस्था मिलाईएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजारलाई छनौट गर्न सक्ने तथा बाकीँले भने काठमाडौँ बाटै परिक्षा दिनु पर्ने शाखाले जनाएको छ ।

आवेदकले आवेदन बापत लाग्ने २४ डलर शुल्क नेपाली विनिमय दरले आउने गरि ग्लोबल आईएमई बैँकको जुनसुकै शाखामा बुझाउन सकिने शाखाले जनाएको छ । कोरियाले सन २०१८ का लागि ७ हजार एक सय कामदार लैजाने तयारी गरेको छ ।

उत्पादनमुलक क्षेत्रमा ४ हजार ८ सय र कृषि क्षेत्रमा २ हजार ३ सय कोटा निर्धारण गरिएको ईपीएस शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL