Logo

कोरियन भाषा परीक्षाको आवेदन चैत ८ देखि खुल्ने

कोरियन भाषा परीक्षाको आवेदन चैत ८ देखि खुल्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आगामी जेठ २६ र २७ गते हुने कोरियन भाषा परिक्षाको लागि आवेदन फारम यहिं चैत ८ गतेदेखि खुला हुने भएको छ । भाषा परिक्षामा सहभागि हुन ईच्छुकले चैत १७ गतेसम्म आवेदन फारम बुझाउन सक्ने वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ  ।

आवेदनको क्रममा परिक्षार्थीले आफूले आवेदन दिन चाहेको स्थान छनोट गर्नुपर्ने शाखाले जनाएको छ । यसपटक काठमाडौं पोखराबाट परिक्षा दिन सक्ने व्यवस्था मिलाईएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजारलाई मात्र छनोट गर्न सक्ने शाखाले जानकारी दिएको छ । आवेदन www.eoers.epsnepal.gov.np मा भर्न सकिनेछ ।

आवेदन दर्ताका लागि राहदानीको फोटो भएको पेजको रंगिन स्क्यान गरेको एक सय केबीभन्दा सानो फाइल पेश गर्नुपर्नेछ । त्यस्तै अनिवार्य रुपमा आवेदकले ईमेल र मोबाइल नम्बर सहित विगत तीन महिना यता खिचेक फोटो पनि समावेश गर्नुपर्नेछ ।

आवेदन बापत लाग्ने २४ डलर शूल्क नेपाली विनिमय दरले आउने गरी ग्लोबल आईएमई बैैङ्कको जुनसुकै शाखामा बुझाउन सकिने शाखाले जनाएको छ । परिक्षा स्थल तथा अन्य जानकारी शाखाले जेठ १८ गते प्रकाशन गर्ने जनाएको छ । कोरियाले सन् २०१८ का लागि ७ हजार कामदार लैजाने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL