Logo

नेपाल प्रहरीको रिपोर्टमा युएईको प्रमाणिकरण, कामदारलाई आर्थिक भार, सरकार बेखबर

नेपाल प्रहरीको रिपोर्टमा युएईको प्रमाणिकरण, कामदारलाई आर्थिक भार, सरकार बेखबर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट् (युईए)ले प्रहरीको रिपोर्ट प्रमाणिकरणको नाममा नेपाली कामदारमाथी गठी शुरु गरेको छ । युएई सरकारले फेब्रअरी देखि आफ्ना देशमा रोजगारीमा आउने कामदारका लागि पुलिस रिपोर्ट अनिवार्य गरेको थियो । तर, नेपाल स्थित युएई दूतावासले भने नेपाल सरकारले जारी गरेको रिपोर्टमा पनि प्रमाणिकरणको नाममा अनावश्यक शुल्क लिएर ठगी शुरु गरेको हो ।

laxmi

नेपाल सरकारले निशल्क रुपमा पुलिस रिपोर्ट दिँदै आएपनि त्यसलाई प्रमाणिकरण गर्ने नाममा नेपाल स्थित युएई दूतावासले प्रति कामदार ४ हजार ३ सय रुपैयाँ अतिरिक्त शुल्क लिन शुरु गरेको छ । यस अघि कुवेतको रोजगारीमा जाने कामदारलाई गृह मन्त्रालय अन्तरगतको नेपाल प्रहरीले जारी गरेको पुलिस रिपोर्टलाई परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर विभागले प्रमाणिकरण गर्दै आएको थियो । तर, युएई सरकारले भने आफ्नै दूतावासले प्रमाणिकरण गर्नुपर्ने भन्दै नेपाली कादारलाई थप आर्थिक भार थुपारेको छ ।

युएईको अनावश्यक निर्णय गर्दा नपाली कामदारमाथी आर्थिक भार बढ्नुका साथै उक्त रिपोर्ट प्रमाणिकरणका लागि दिनभर सडकमा लाईन बस्नुपर्ने बाध्यता छ । अहिले पानीपोखरी स्थित युएई दूतावासमा विहानदेखि नै सयौंको संख्यामा नेपाली कामादार लाईनमा बसिहरका छन् ।
नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने निकाय श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभाग भने सो विषयमा बेखबर रहेको बताउँदै आएको छ । नेपाल स्थित युएई दूतावासले पुलिस रिपोर्ट प्रमाणिकरणको विषयमा के गरिहेको छ भन्ने बारे आफुलाई थाहा नभएको श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली बताउँछन् । ‘युएईले कहिलेबाट प्रमाणिकरण शुरु गर्यो कति शुल्क लिन्छ भन्ने विषयमा अहिलेसम्म मलाई जानकारी छैन,’ उनले भने ।

यसैगरी वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्य पनि सो विषयमा आफुले अनौपचारिक रुपमा सुनेको तर वास्तविकता थाहा नभएको बताउँछन् । ‘मैले पनि म्यानपावर व्यवसायी साथीहरुको मुखबाट सुनको हो,’ उनले भने, ‘तर, के भइरहेको छ थयार्थ जानकारीमा छैन ।’ यदि उनीहरुले अनावश्यक रुपमा कामदारसँग शुल्क अशुलिरहेका छन् भने त्यसलाई परराष्ट्र मन्त्रालय वा माथिल्लो निकायबाटै सम्बोधन गरिनुपर्ने उनको तर्क छ ।

यता नेपाल वैदेशिक रोजागार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ भने सो विषयमा आफुहरुले सरकारलाई पटक–पटक भन्दा पनि वेवास्ता गरेको बताउँछन् । ‘हामीले श्रम तथा रोजगार मन्त्रालय तथा विभागलाई सो विषयमा पटक–पटक जानकारी गराइसकेका छौं,’ उनले भने, ‘तर, उनीहरु आधिकारीक चिठी नआएको भन्दै पन्छिरहेका छन् ।’

यस अघ वैदेशिक रोजगारीका नाममा ठगी भयो भन्दै कराउने अन्तरराष्ट्रिय श्रम संगठन, युएन ओमन, पौरखी जस्ता एनजीओहरु समेत त्यसैमा सहमत भएर चुप लागेर बसेको उनको गुनासो छ । ‘म्यानपावर व्यवसायीले काम गरेर सामान्य शुल्य लिँदा पनि गठी गरेरभन्दै पौखरी, युएन ओमनजस्ता संस्थाहरु अफ्रिन्थे तर अहिले युएई दूतावासले अनावश्यक रुपमा ठगी गरिरहँदा पनि चुप लागेर बसेका छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL